केटीहरु जति सक्दो छाति जोगाउँछन् । केटाहरु सक्दो पंखेटा फट्फट्याउँछन् ।
हो । हो ।
म आँफैले सार्वजनिक सवारीमा यात्रा गर्दा महशुस गरेकी छु । पुरुषको कुइनाको शिकारमा महिलाको छाती हुन्छ । माथिको सँवाद हो साहित्यकार टीका आत्रेय पौडेलल र सीमा आभासको ।
सोमवार इटहरीमा आयोजीत एक कार्यक्रम विषयान्तर हुँदै महिला हिँसाको बारेमा केहि बेर केन्द्रित भयो । विषयको उठन शारदा भुसालको पुस्तक धरातलबाटै भएको हो । उनको पुस्तकमा नेपालका एक राजनीतिज्ञ र साहित्यकारको बारेमा समेत छताछुल्ल पोखिए पछि बजारमा आँटिला सम्वादहरु यसरी सुनिन थालेका छन् ।
माथिको सँवादको आसय प्रष्टै थियो । सीमा आभासले ठोकुवाका साथ गम्भिर कुरा गरिन् । भनिन – असी प्रतिशन केटी मासिकश्राव हुन पुर्व नै नजिककै नातेदारबाट जवरजस्तिमा परि सकेका हुन्छन् । उनि अझै रोक्किनन् । थपिन् – घर भित्र कै मान्छे, फुपुचेलो, मामाचेलो, भिनाजु पर्ने, सानिमा, ठुलीआमाको छोरो, ठुलो बा, सानो बा, काका, मामा इत्यादीको शिकारमा वालिका पर्छन् ।
उनको तर्कले कार्यक्रममा रहेका प्रत्येक व्यक्तिले आश्चर्य भाव प्रकाट गर्दै जीब्रो निकाले । विश्वासमा प्रहारमा भएको जस्ता लाग्ने उनको तर्कले आँफैलाई प्रश्न गर्दै थिए । उल्लेखित घटनाका पात्र हामी थियौँ । अर्थात हामी जस्तै पुरुष । आखिर पुरुष जनावर भन्दा बढी हिँस्रक कसरी बन्न सक्छ ? आफ्नै रगत माथि उत्तेजीत हुन कुन तत्वले प्रेरित गर्छ ? के पुरुष हुनु कमजोरी हो ? या अपराध ?
मस्तिष्कमा अनेकौं तर्क वितर्कहरु आए । उनको भनाई झलझलि दिमागमा आएरह्यो । र्– विराटनगरबाट काठमाण्डोका लागि बस चढेकी एउटी नारी पथलइया जंगलबाट फुत्त बाघ आउँछ भनेर डराएकी होइन् । उसका लागि बाघ भन्दा खतरनाक जीव आँफ्नै वरिपरी छन् भनेर डराएकी हो । ’
के पुरुष बाघ भन्दा खतरनाक हो ?
मेरो जिज्ञाशालाई मंगलवारकै अर्को समाचारले पुष्टि गर्न खोज्यो ।
सल्यानमा ९ वर्षिया वालिकाको बलत्कार पछि हत्या । प्रहरीद्धारा २२ वर्षिया भिनाजु पक्राउ ।’
मेरो पेशा पत्रकारीता भएका कारण महिला हिँसाका घटना बारम्बार सुन्ने गरेको छु । तर जब आफन्तबाटै यौन हिँसामा परेका घटनालाई समाचार बनाउनु पर्छ तब आङ सिरिङग भएर आउँछ । त्यस्ता केहि घटना आँखै अगाडि हुन्छन् । मनले नपत्याए पनि सत्य आखिर त्यहि हुन्छ । पिडकले स्वीकारे पछि मनले मान्न बाध्य हुन्छ । करिव डेढ साल पहिले धरानको एक परिवार भित्र घटेको घटना मेरो आँखा अगाडि घुम्न थाल्यो । सामान्य ज्याला मजदुरी गरेर जीविका चलाउने एक सुकुम्वासी परिवार, श्रीमती वैदेशीक रोजगारीका लागि खाडि मुलुकमा थिइन् भने श्रीमान सामान्य ज्याला मजदुरी गर्थे । एउटा साँघुरो कोठामा बसेको परिवार थियो । श्रीमती विदेश गए पछि रक्सीको नशामा आफ्नै छोरीलाई पटक पटक बलत्कार गर्ने उनले छोरीलाई भन्थे – कसैलाई भने मारिदिन्छु ।
यो कुरा धरानका पत्रकार भोजराज श्रेष्ठ र मेरो कानमा प¥र्यो । हामी उनलाई भेट्न पुग्यौं । उनको क्रन्दन सुने पछि हाम्रा पनि आँखा रसाएका थिए । मैले उक्त रिपोर्ट वातावरण पत्रकार समुहको भिडियो म्यागाजीन नयाँपुस्तामा बजाएँ । भोज जीले अखवारमा लेख्नुभयो । अन्ततः दोषिलाई प्रहरीले पक्राउ ग¥यो । उ अहिले सजाय भुक्तान गरिरहेको छ ।
प्रहरी कार्यलयको कोचरीमा दिनहुँ जस्तो महिला हिँसाको बारेमा छलफल हुन्छन् । प्रहरी कार्यलय सम्म नआइपुगेका आफन्तबाटै घटेका यौन जन्य हिँसा कति हुन्छन् कति । पुरुष प्रधान समाजको बनावट आखिर किन हुन्छ त ? प्रश्नले कठोर सत्य ओकल्छ ।
टीका आत्रेय भन्छिन् – एउटी आमाले नारी भएकै कारण जीवन यात्राको कर्यौ कुइनेटोमा पुरुषसँग ठोक्किएकी हुन्छे । उसले सिँगो जीवनबाट भोगेको प्रताण्डना आफ्नी छोरीले नभोगोस् भन्नका लागि नै उसले आफ्नो कोखमा छोराको बास होस् भन्ने चाहन्छे । जसरी छोरो घरबाट निस्कँदा आमाले निर्धक्कका साथ विदा दिन्छे, छोरीका लागि उसको कयौं पटक सोच्नु पर्ने हुन्छ । आफन्त वा नातेदारको विश्वासमा मात्र घर बाहिर जान दिइन्छ ।
तर जसलाई विश्वास गरिन्छ उहिबाट हिँसा हुन्छ भने विश्वास कसको गर्ने ?
के समाजमा विश्वासको खडेरी नै परेको हो त ?
एकाध घटनाले सम्पुर्ण पुरुषलाई नै लज्जित बनाएको छ । दोषिलाई कानुनको दायरामा ल्याए पश्चात पनि विभिन्न बाहानामा मिलाउन खोजिनु । शक्तिको आडमा पिडकलाई उन्मुक्ति दिइन खोजिनुले त्यस्ता मनोवृति भएका व्यक्तिले थप हौसला पाउँछन् ।
एकै रथका दुइ पांग्रा महिला पुरुष मिले मात्र सृष्टि सम्भव छ । तर हेय र हिँसाको भावले प्रकट भएका विचारलाई निस्तेज पार्ने उचुक, हो चाहिँ के ?
संगै बसमा यात्रा गर्दा छेउको अपरिचित पुरुष साथि होस् । कलेजमा सँगै डेक्समा बस्ने केटा साथि होस् । या कार्यलयको पुरुष साथिसँग चिया पिउँदा होस् । उसको कुहिनाले के महिलाको छाति नै ताकिरहेको हुन्छ । मुखमा आदर्श छाँट्दै मनमा कपट पाल्न सक्ने क्षमता तिमीहरु जस्ता पुरुषमै हुन्छ है ?
यहि आसयको तर्कले मेरो शान्त मनको तलाउमा ढुंगा हान्यो । मैले आँफैलाई बारबार प्रश्न गरिरहें । मेरी आमा, दिदि, वहिनीलाई सम्झें ।
अंह, यौन दुराचारी सोच बोक्ने पुरुषहरु मात्र मान्छेको परिभाषा भन्दा भिन्न, जनावरको कोटीमा पर्ने हुन्छन् भन्ने निस्कर्ष निकालें ।
पुर्वी क्षेत्रमा प्रहरी समक्ष आइपुगेको महिला हिँसाको अवस्था के छ भनेर हेर्ने प्रयास गरें ।
एउटा तथ्याँक डरलाग्दो देखें । साउन देखि यता अहिले सम्म ४ सय घरेलु हिँसाका घटना भएको रेकर्डले देखाउँछ । ती मध्ये ३ सय ५९ ओटा मुद्धा मिलपत्रमा टुंगीएका छन् भने ७ ओटा अदालत पुगेका छन् । बाँकि ३४ ओटा मुद्धा पुनहः फर्केर आएका छैनन् । अर्थात रिपोर्ट लेखाए पनि थप न्यायका लागि प्रहरी कार्यलय सम्म पिडित भनिएको पक्ष आएको छैन ।
रिसको झोंकमा आएर श्रीमतीमाथि गरिने हिँसा श्रीमान श्रीमतीको आपसी समझदारीले टुंगीने गरेको बताउँछिन् पुर्वी क्षेत्रिय प्रहरी कार्यलय रानि विराटनगरकी महिला शाखाकी निमित्त प्रमुख असई तारादेवी विष्ट । उनका अनुसार आवेगमा प्रहरी कार्यलय पुगी रिपोर्ट लेखाउने बढे पनि मिली सके पछि पुनः प्रहरी कार्यलयमा खबर पुग्दैन ।
पुर्वमा जवर्जस्ती करणी अन्तर्गत १ सय ५६ ओटा मुद्धाहरु परेका छन् । उल्लेखीत मुद्धामध्ये ६६ जना महिला पिडामा परेका छन् भने ९२ जना वालिका यौन दुराचारीको शिकार भएका छन् ।
प्रहरी समक्ष आएका यौन हिँसाका घटनाहरु मध्ये करिव ५ प्रतिशत आफन्तबाटै भएका असई विष्ट स्वीकार्छिन् । यस्ता प्रकृतीका घटना गम्भिर र सम्वेदनशील भएका कारण पनि प्रहरी कार्यलय सम्म हमेसा आइपुग्दैनन् । त्यसैले आफन्तबाटै हिँसामा परेका घटना बढि हुनसक्छन् । अहिले प्रहरी कार्यलय या विभिन्न महिलावादी सँघ सँस्थाका चेतनामुलक कार्यक्रमले गर्दा महिला हिँसाका घटना बाहिर आउने गरेका छन् । पहिले लाज, शंका र डरले घरको चौघेरा मै सिमित हुने घटना अहिले विस्तारै बाहिर आउने गरेका छन् भने गलत मनसाय राख्ने व्यक्तिको मनोभाव गिरेको छ ।
पुर्व क्षेत्रिय प्रहरी कार्यलय विराटनगरका प्रमुख डिआइजी केशरीराज घिमिरेले प्रत्येक प्रहरी कार्यलय महिलामैत्री हुनुमा यस्ता लुकेका घटना बाहिर आउन सहयोग मिलेको बताउँछन् । उनका अनुसार पुर्व क्षेत्रमा मात्रै हरेक प्रहरी कार्यलयमा महिला सेलको छुट्टै व्यवस्था गरिएको छ भने महिलामैत्री कोठा तयार पारी विश्वासका साथ गोपनियता कायम राखेर पिडितका गुनासा सुन्ने गरिन्छ । जसले गर्दा महिला माथि भएका हिँसाका घटना प्रहरी कार्यलय सम्म पुग्ने गरेका हुन् ।
साहित्यकार सीमा आभास र टीका आत्रेय पौडेलका कुरालाई प्रहरीको रेकर्डले थप पुष्टि गरेको छ । गाउँघरमा मेलापात जाँदा होस् या बजारको भिडभाडमा र एकान्त स्थानमा किन नहोस् कहिँ न कहिँ कोहिबाट महिला वा वालिका हिँसामा परेको घटनाले देखाउँछ ।
आखिर के पुरुष महिलाका लागि पिडक या हिंस्रक मात्रै हो त ?
सीमा आभास भन्छिन्. – अधिकाँश पुरुष असल मन र स्वभावका हुन्छन् । महिलालाई यौनिक दुराचारले हेर्ने र पिडा दिने पुरुष त कमै छन् ।
टिका आत्रेय प्रश्न गर्छिन – श्रीमान या छोराको भुमिकामा हामी महिलालाई संरक्षण गर्ने आखिर पुरुष नै त हुन् नि । सबै पुरुष कहाँ एकै हुन्छन् र ?
साहित्यकार दोयको अन्तिम भनाईले मात्र मेरो मन बुझेको छैन ।
पुरुषकै कारण सिंगो पुरुष जगत बद्नाम हुँदा हामी चुपचाप हात समाएर बस्ने कि त्यसको प्रतिवादका लागि म पुरुष कहिले महिला माथि ज्याजती गर्दिन र गर्न दिन्न भन्ने प्रण गर्ने ?


0 comments
प्रतिक्रिया दिनुहोस्...