काठमाडौं: क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापाले चिराचिरामा विभाजित माओवादीलाई एउटै घटकमा ल्याएर पार्टी एकीकरण गर्न अध्यक्ष मोहन वैद्य नै बाधक बनेको आरोप लगाएका छन्।
अध्यक्ष वैद्यका कारण आफूहरूको राजनीति सकिएको विश्लेषणमा पुगेका महासचिव थापाका पक्षका ५७ जना केन्द्रीय सदसयले हस्ताक्षर अभियानसमेत अगाडि बढाएका छन्। चार वर्षअघि वैद्य पक्षका नेताकार्यकर्ताको राजधानीको बौद्धमा भएको राष्ट्रिय भेलाद्वारा एमाओवादीबाट अलग भएको क्रान्तिकारी माओवादी अहिले आएर आफूहरूको राजनीति स्वतः अन्त्य हुन लागेको निष्कर्षमा पुगेको छ।
पार्टी महासचिव थापाले आफ्नो समूहको राजनीतिक ‘क्रान्तिकारी न त संसद्वादी’ भन्दै राजनीति बचाउन पनि एमाओवादीसँको एकताको विकल्प नभएको दाबी गरेका छन्।बैठकमा थापा पक्षका हस्ती मानिने प्रवक्ता पमफा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसीलगायतले पार्टीको भावी कार्यदिशाका नाममा अनेक विवादमा फस्नुभन्दा एमाओवादीसँग सहज र सरल एकता गर्नु सबैभन्दा उपयुक्त बाटो भएको धारणा राखेका छन्।
बैठकमा सहभागी एक नेत्रीले भनिन्, ‘नेता केसीले अध्यक्ष वैद्यको उग्र सोचका कारण आफूहरू यो पार्टीमा बसेर भविष्य अन्धकार हुन लागेको, १० वर्षे जनयुद्ध र शन्तिप्रक्रियामा आफूहरूले निर्वाह गरेको भूमिकासमेत गौण भएकोमा पश्चात्ताप गरेका थिए। यद्यपि वैद्यको पक्षमा देवप्रसाद गुरुड., दिनेश शर्मा, दिलिप प्रजापातिलगायतका नेताहरुले पार्टी एकताका नाममा एमाओवादीको जस्तो मन्त्री बन्ने, पैसा कमाउने नीतिमा आफूहरू लाग्न नसक्ने बताएका थिए।
सो पार्टीका एक सय १८ केन्द्रीय सदस्यमध्ये करिब पाँच दर्जनले एमाओवादीसँग तत्काल एकता गरेका थिए।वैद्यलाई तत्काल एमाओवादीसंग एकता गर्न दबाब दिँदै हस्ताक्षर गर्नेहरूमा महासचिव रामबहादुर थापा, कुलप्रसाद केसी, पम्फा भुसाल, हितमान शाक्य, नारायणप्रसाद शर्मा, लेखनाथ न्यौपाने, अमृता थापा, सोनालाल शाह, रत्न ढकाल, पर्शुराम रम्तेल, नन्द कार्की, एकराज थापा, रामदीप आचार्य, इन्द्रजित चौधरी, अर्जुन छन्त्याल, कुशल लिम्बू, निरु दर्लामी, राजकाजी महर्जन, देवेन्द्र श्रेष्ठ, तारा घती लगायत रहेका छन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...