जुम्लाको सिञ्जा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । त्यसैले नेपाली समाजमा सिंजा सभ्यताको छुट्टै र विशिष्ट महत्व छ । तर अहिले त्यही उपत्यकाको अस्तित्व र महत्व संकटमा परेको छ । सिन्जा उपत्यकामा रहेका पूर्व प्राचीनकालबाट बनाएका धार्मिक मठ,मन्दिर,गुफा,देवल,सिउ बाघ ,चालचलन,रीतिरिवाज लगायतका पर्याटकीय क्षेत्रहरु अहिले संरक्षणको अभावमा ध्वस्त हुदै गइरहेका छन् ।
प्रकृतिले बरदान स्वरुप दिएको नेपाली भाषाको उद्गम स्थान जुम्ला सिंन्जाको उपत्यकामा रहेको सिंन्जा कनका सुन्दरी मन्दिर,पान्डव गुफा ,बुढु मष्टा ,कनकासुन्दरी नैधारा मन्दिर, बिराट दरबार ,नाख्या दुला ,ह्रयाङ्कग्रा देवता मन्दिर ,लेकपर लामा मन्दिर ,बातामालीका महादेव मन्दिर लगायत सिंन्जा भेगमा रहेका ३ दर्जन भन्दा बढी साना ठूला देवी देउताका मन्दिरहरु जिर्ण भई ध्वस्त हुन लागेका छन् ।
त्यसैगरी पाँच भाइ पाण्डव बस्ने पाण्डव गुफा र बिराट दरबारको अबेशष समेत भेटिन मुस्किल पर्न थालेको छ । खस राज्य संन्चालनको समयमा बनाइएका यी मठ मन्दिर,सिन्जा सिहु बाघ ,ठूला ठूला ढुङ्कामा कँुदिएका चित्रकला,संकेत अक्षर र अंकहरु लेखिएका शिला लेखहरु समेत अहिले खेतबारी र पाखाहरुमा बेवारिसे अवस्थामा रहेका छन् ।
यसैगरी प्रसिद्ध कनका सुन्दरी मन्दिर नजिकै पूर्वतिर धर्मशाला बनाउनको लागि जगा खन्ने क्रममा ५ वटा मूर्ति भेटिएको छ । कर्णाली पर्यटन प्रबद्र्धन बिकास समितिको लगानीमा भक्तजनहरुलाई बस्नको लागि धर्मशाला बनाउने क्रममा पुराना ढुंगाका मुर्ति भेटिएका हुन । ५ वटा मूर्ति मध्य ३ ठूला र २ साना रहेका छन् । जसमा विष्णु,जालाफा देवी ,शिव ,लक्ष्मी,साढे लगायतका मुर्ति रहेका छन् । मुर्ति भेटिएको ठाउँमा पहिले खस राजाको दरवार रहेको अनुमान गरिएको छ ।
कनका सुन्दरी मन्दिर लगायत सिंन्जा क्षेत्रमा रहेका महत्वपूर्ण स्थानहरुको संरक्षण,संग्राहलय ,उद्खनन् र सुरक्षाको आवश्यक रहेको कर्णाली पर्यटन प्रर्बद्धन विकास समितिका अध्यक्ष नरबहादुर रावतले बताएका छन् । भेटिएका मुर्तिहरु सुरक्षाको लागि ईलाका प्रहरी कार्यालय हाडसिन्जामा राखिएको समितिका सचिव ताराजङ्ग हमालले बताए ।
कर्णालीमा रहेका विभिन्न धार्मिक सांकृतिक भेष भुषा त्यस्तैगरी ,गुफा,मन्दिर, पन्चेबाजा लगायत पनि संरक्षणको पर्खाइमा छन् । तर यस्ता पुरातात्विक सम्पत्ति र धरोहरको संरक्षणमा सम्बन्धित निकायको खासै ध्यान जान नसकेकोमा स्थानीयको चिन्ता छ । अझ पनि यसमा राज्य गम्भीर बन्न सके ऐतिहासिक धरोहर जोगाइराख्न सकिने स्थानीयको विश्वास छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...