-->
छक्का–पन्जामै छ ध्यान : दिपाश्री

काठमाडौं–उमेरसँगै विचार पनि बदलिदैं जाँदा रहेछन् । सानामा, टिन एजमा नयाँ वर्या आउने बित्तिकै नयाँ–नयाँ सपना बुनिन्थ्यो, नयाँ–नयाँ प्रतिज्ञा गरिन्थ्यो । तर, अचेल त्यस्तो लाग्दैन । ०७२ मा हामी नेपालीले निकै दुःख पायौं ।
भूकम्पदेखि नाकाबन्दीसम्मका सास्ती व्यहोर्नुपर्यो । त्यसकारण, अब नयाँ वर्ष ०७३ मा त्यस्तो कुनै दुःख नपरुन् । सुख र शान्तिसँग बाँच्न पाइयोस्, यही कामना छ मेरो ।
म ‘छक्का–पन्जा’ मार्फत फिल्म निर्देशनमा लागेकी छु । अहिले सुटिङमै छु । नयाँ वर्ष सुटिङ युनिटसँगै मनाएँ । मेरो पूरा ध्यान छक्का–पन्जालाई अझ धेरै कसरी राम्रो बनाउने भन्नेमा केन्द्रीत छ । त्यसैले रिलिजसम्म नै यसैमा लाग्छु । छक्का–पन्जालाई सर्वोत्कृष्ट बनाउने प्रतिबद्वता मेरो छ । आजको नयाँ पत्रिकाले सप्तरंग पेजमा लेखेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.