उत्तर कोरियासँग सन् उन्नाइस सय पचास देखि त्रिपन्न सम्मको जस्तो भिषण युद्ध भए दक्षिण कोरियाका सत्तरी प्रतिशत भन्दा बढी नागरिक देशका लागि लड्न तयार रहेको एक अध्ययनले देखाएको छ ।
सरकारको देशभक्ती तथा विज्ञ मामिला मन्त्रालयले गरेको अध्ययनमा बहत्तर प्रतिशत नागरिक उत्तरसँग युद्ध भए लड्न तयार छन् । मन्त्रालयले गत वर्षको नोभेम्बरमा देशभरका पन्ध्र वर्ष उमेर देखि माथिका झण्डै एक हजार जनासँग युद्ध भएमा के गर्नुहुन्छ भनेर सोधेको थियो । त्यस्तै पचास वर्ष हाराहारीका अधिकांश नागरिक उत्तरसँगको युद्धमा भाग लिन ज्यादै इच्छुक देखिएको सर्वेक्षणले देखाएको छ ।
पचास वर्ष हाराहारीका त्रियासी दशमलब पाँच प्रतिशत र साठी वर्ष उमेरका एकासी प्रतिशत कोरियन नागरिक युद्ध लड्न उत्सुक छन् । वीस वर्ष उमेर समूहका पचास प्रतिशत युवा पनि युद्धको मोर्चाबन्दीमा अग्रसर हुने इच्छा जाहेर गरेका छन् । त्यस्तै तीस वर्ष उमेर समूहका पचास दशलमब तीन प्रतिशत युद्धमा भाग लिन तयार छन् । सैनिक तालिम अनिवार्य रहेको अवश्थामा महिला भन्दा पुरुष युद्धमा होमिन तयार रहेको पनि मन्त्रालयले बताएको छ ।
कामको आधारमा कृषि, वन, माछापालन र आफ्नै स्वंलम्बन रोजगारमा आवद्ध नागरिक सवैभन्दा बढि युद्धमा सहभागी हुन इच्छा प्रकट गरेका छन् । यद्यपी अध्ययनरत बीस र तीस वर्ष उमेरका युवाहरु भने कम इच्छुक छन् । भने धनी र गरिबका आधारमा कम आम्दानी भएका नागरिक देश संकटमा परेको बेला सहयोग गर्न तयार देखिएका छन् ।
उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिका लगायत उसले भन्दै आउने गरेको शत्रु राष्ट त्रसित गराउने उद्धेश्य अनुरुप एक पछि अर्को गर्दै आणविक परिक्षण र रकेट प्रक्षेपण गर्दै आइरहेको छ । जसका कारण कोरियाली प्रायद्धिपमा पुनः युद्धको बादल मडारिने हो कि भनेर आशंका पैदा हुने गरेका छन् ।
उत्तर कोरिया बढ्दो आणविक महत्वकाक्षाले क्षेत्रिय तथा विश्वलाई नै सुरक्षा खतरामा पार्न सक्ने भन्दै गत महिना राष्ट्र संघले उस विरुद्ध हाल सम्मकै कडा नाकाबन्दी लगाएको छ । जसबाट थप उत्तेजित र आक्रोशित उत्तरले विभिन्न खाले कठोर वक्तव्यवाजी र आणविक युद्धको धम्की दिने गरेको छ । यहाँ सम्म कि उत्तर कोरियाले दक्षिण कोरियाको राष्ट्रपति पार्क गुन्हे नेतृत्वको सरकारलाई
अमेरिकाको कठपुतली भन्दै राष्ट्रपति भवन र अमेरिकी सैनिक अखडा ध्वस्त पार्ने चेतावनी पनि दिइसकेको छ । हिजो उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रमा गरेको क्षेप्यास्त्र परीक्षण असफल भएको छ


0 comments
प्रतिक्रिया दिनुहोस्...