काठमाण्डाै / रोग निदानका लागि खटिएको ठूलो जनशक्ति अयोग्य भएको पुष्टि सरकारी निकायले नै गर्दा पनि यसबारे अहिलेसम्म कुनै अनुगमन र छानविन भएको छैन ।
रेडियाग्राफी सेवामा संलग्न अयोग्यलाई हटाएर दक्ष जनशक्ति व्यवस्थापन गरी अध्ययनअनुसार काम गर्न पाउनुपर्ने माग राखी नेपाल रेडियोलोजिक सोसाइटी झन्डै एक वर्षदेखि संघर्षमा छ ।
स्वास्थ्य मन्त्रालय र मातहतका निकायले उक्त माग बेवास्ता गर्दै रेडियोग्राफी व्यवसाय नै धराशायी बनाउने काम गरेको सोसाइटीको आरोप छ ।
गत साउनमा नेपाल स्वास्थ्य व्यवसायी परिषदले सार्वजनिक गरेको प्रतिवेदनले रोग निदान गर्दै आवश्यक उपचारप्रक्रिया अगाडि बढाउन निर्देशन गर्ने एक्सरे, एमआरआई सिटी स्क्यानलगायत सञ्चालन गर्ने ठूलो जनशक्ति अयोग्य भएको पुष्टि गरेको थियो । अाजकाे अन्नपूर्ण पोस्टमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...