राजधानीमा जारी महिला फुटबल लिगमा विभागीय टोलीले गोल वर्षा गर्दै विजयी भएका छन्।
विभागीय टोली त्रिभुवन आर्मी महिला क्लबले सुदूर पश्चिम महिला फुटबल टोलीलाई २०-० र सशस्त्र प्रहरीको एपिएफले पश्चिमाञ्चल महिला फुटबल टोलीलाई १६-०ले हराएका छन्।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा आर्मीले २० शून्यले हराउने क्रममा शर्मिला थापा मगरले डबल ह्याट्रिक गरेकी छन्। यस्तै दीपा अधिकारी र कृष्णा खत्रीले पनि ह्याट्रिक पुरा गरेका छन्। थप गोल दीपा राई र सुमित्रा बोम्जनले २-२ र अञ्जली वाइवाले एक गोल गरेका छन्।
यस्तै आजै भएको दोस्रो खेलमा एपिएफका लागि लक्ष्मी पौडेल र सविता भण्डारीले ४-४, साजना रानाले ३ अनु लामाले २ तथा अनिता केसी, मञ्जु दोङ र अनिता बस्नेतले १-१ गोल गरे।


0 comments
प्रतिक्रिया दिनुहोस्...