-->
अचम्मको जागिर, काम दिन भर सुत्नुपर्ने

एजेन्सी । विश्वमा अचम्म अचम्मको कामहरु हुने गरेको छ । एउटी महिलाको अचम्म लाग्दो काम छ । उनको काम दिन भर सुतिरहनु हो । समाचार संस्थाहरुले जनाए अनुसार चीनको एक महिलाको काम प्रत्येक होटलको ओच्छ्यानमा गएर सुत्नु मात्र हो । गलत कार्यका लागि भने पटक्कै हाईन ।
चीनको झुआंग जिंग नामकी ति युवतीको काम प्रत्येक दिन हरेक होटलको बिस्तरामा पुगेर सुते मात्रै पुग्ने काम उनलाई कम्पनीले दिएको छ । उनको पहिलो काम विस्तरामा आनन्दपूर्वक सुत्नु हो र दोस्रो काम होटलमा बस्न आउने पाहूनाको सुविधाको बारेमा निरीक्षण गर्नु हो ।
अझ अचम्म लाग्दो कुरा के छ भने ति युवतीलाई होटल मालिकले धेरै समय सुतिदिन प्रोत्साहित समेत गर्ने गरेकोे समाचारमा जनाईएको छ । जिंगले त्यतिकै उक्त कामका त्यतिकै पाएकी भने होइनन् । उनी सामाजिक सञ्जाल मार्फत झण्डै ७८०० सय सहभागी मध्येबाट चुनिएर आएकी हुन् । पछिल्लो पाँच बर्षमा उनले झण्डै २०० होटलमा सुत्ने काम गरिसकेकी छन् ।
उनले सबै होटलमा फरक फरक काम गर्नुपर्ने हुन्छ । जस मध्ये केहीमा बढी उमेरका मान्छेको लागि विस्तरा कत्तिको ठिक छ ? महिलामैत्री छ की छैन भनेर हेर्दै समय बिताउनु पर्छ र त्यसको लिखित रिपोर्ट सम्बन्धित होटललाई दिनुपर्ने हुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.