‘बुद्ध बर्न इन नेपाल’ फिल्मको बिशेष शो बिग सिनेमामा गरीएको थियो । उक्त आयोजीत बिशेष शो को प्रमुख अतिथिको रुपमा संस्कृति,पर्यटन तथा नागरीक मन्त्री आनन्द पोखरेल थिए । राष्ट्रियता झल्काउने फिल्म ‘बुद्ध बर्न इन नेपाल’लाई राधे श्याम ढुङगानाले निर्माण गरेका हुन् । फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।
फिल्म ‘बुद्ध बर्न इन नेपाल’ नेपाल बाट अमेरीका पढ्न गएका नायकले अमेरीकाको कोर्षमा बुद्ध भारतमा जन्मेको भन्ने कुरा समाबेस गरेको देखेर बुद्ध नेपालमा जन्मेको हो भनि साबित गर्न नायक रमीत लागि परेको बिषयमा फिल्म निर्माण भएको छ । फिल्मलाई नेपाल र अमेरीका दुबै देशमा छायाङ्कन गरीएको छ । बिशेष शो हेर्न आउने दर्शकहरुले फिल्म राम्रो भएको प्रतिकृया दिएका थिए ।
अब किताबमा मात्र नभएर पर्दामा पनि बुद्ध नेपालमा जन्मेको हो भन्ने कुरालाई हेर्न पाईने भएको छ । फिल्म ‘बुद्ध बर्न इन नेपाल’मा निर शाह,मिथिला शर्मा,रमीत ढुङगाना, अमित ढुङगाना, अशिष्मा नकर्मी लगाएत कलाकलारहरुले अभिनय गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...