-->
रोनाल्डो आज खेल्न नसक्ने

वैशाख ११ – रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ला लिगा अन्तर्गत शनिबार राति हुने रायो भालेकानोसँग खेलमा खेल्न नसक्ने भएका छन् । ला लिग अन्तर्गत बुधबार राति भिल्लारियलसँगको खेल को अन्तिम तिर रोनाल्डोको दायाँ खुट्टाको थाइमा चोट लागेको थियो । थाइको मांशपेशीमा देखिएको समस्याको अहिले उपचार भइरहेको छ । ला लिगामा तेस्रो स्थानको रियल मड्रिड शीर्ष दुई स्थानका बार्सिलोना र एथ्लेटिको मड्रिड भन्दा एक अंक पछि छ । शनिबार रातिको खेलमा रोनाल्डो उपलब्ध नभएपनि आउन्दो मंगलबार च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत म्यानचेस्टर सिटीसँगको खेलमा भने तयार हुने प्रशिक्षक जिनेदिन जिदानले बताए । यस्तै चोटका कारण बुधबारको भिल्लारियलसँगको खेल गुमाएर ग्यारेथ बेल भने प्रशिक्षणमा फर्किएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.