काठमाडौं । प्रमुख दलहरुले संघीयतामा ७ प्रदेशको टुंगो संविधानमा लगाएको महिनौं भए पनि प्रदेशको राजधानी भने टुंग्याउन सकेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–समिति बने, तर, काम भएन । मन्त्रिपरिषद्ले संघीयता कार्यान्वयन गर्न तथा प्रदेशको सीमांकन विवाद मिलाउन प्रधानमन्त्री, उपप्रधानमन्त्री र मुख्यसचिवको नेतृत्वमा छुट्टाछुट्टै समिति बनाएको छ, तर कुनै समितिले पनि काम थालेका छैनन् ।
तर, पनि केही चर्चामा आएका प्रदेशका राजधानी यस्ता छन् ।
सम्भावित राजधानी
प्रदेश १
विराटनगर, इटहरी, धनकुटा
प्रदेश २
जनकपुर, लालबन्दी, वीरगन्ज
प्रदेश ३
बनेपा, काठमाडौं, चितवन, हेटौँडा
प्रदेश ४
पोखरा
प्रदेश ५
दाङ, बुटवल, नेपालगन्ज
प्रदेश ६
जुम्ला, खलंगा, वीरेन्द्रनगर, सुर्खेत
प्रदेश ७
दिपायल, डडेल्धुरा, धनगढी, महेन्द्रनगर


0 comments
प्रतिक्रिया दिनुहोस्...