सजिवन विभिन्न किसिमका रोगका बिरामीलाई औषधिका रुपमा प्रयोग गरिन्छ। सर्दी, खोकी, घाँटी तथा छातिको समस्यामा यो अचुक औषधि मानिन्छ।
सजिवन तरकारी बनाएर वा उसिनेर पनि प्रयोग गर्न सकिन्छ। पानीमा उमालेर त्यसलाई पिउनु पनि निकै फाइदाजनक हुन्छ। श्वासप्रश्वासका समस्या भएका बिरामीलाई पनि उपयुक्त हुन्छ।
सजिवनको सुप स्वास्थ्यका लागि सबैभन्दा राम्रो हुन्छ। यसका प्रचुर मात्रामा भिटामिन सी पाइन्छ। यसबाहेक बिटा केरोलिन, प्रोटिनसहित थुप्रै पौष्टिक तत्वहरु पनि यसमा हुन्छन्। म्यागेनिज, म्याग्नेसीयम, पोटासीयम र फाइबर पनि अत्याधिक हुन्छ।
कसरी बनाउने सुप ?
सजीवनलाई छोटा-छोटा टुक्रा बनाउनुस् । दुई कप पानीलाई उमाल्नुस्। उम्लिएको पानीमा काटिएका सजिवनको टुक्रा राखिदिनुस्। यसमा तपाईं चाहानुहुन्छ भने सजिवनको पात पनि हाल्न सक्नुहुन्छ। उम्लिएर पानी आधा भएपछि सजिवनको बोक्रा निकालेर गुदीलाई मात्रै राख्नुस्। यसमा थोरै कालो मरिच र नुस राखे पिउनुस्।
सजिवनका सुपका फाइदाहरु
१. सजिवनको सुप सेवानले यौन स्वास्थ्यलाई सुन्तुलनमा राख्न सकिन्छ। यसले महिला र पुरुषको यौन स्वास्थ्यमा सामन खालको प्रभाव छोड्छ। यसले वैवाहिर र यौन जीवनलाई सुखीराख्न सहयोग गर्छ।
२. सजिवनमा एन्टी ब्याक्टेरियल गुणहरु पनि हुन्छन्। जसले अन्य विभिन्न संक्रमणहरुबाट सुरक्षित राख्न मद्धत गर्छ।
३. सजिवनको सुपले पाचन प्रणालीलाई पनि चुस्त राखिदिन्छ। यसमा भएको फाइबरले कब्जियतको समस्या हुन दिँदैन।
४. दमका बिरामीहरुलाई पनि सजिवन फाइदाजनक हुन्छ। चिसो गढेर सर्दी भोगिरहेका र घाँटी तथा छातिमा समस्या भएकाहरुलाई यसले विशेष फाइदा पुर्याउँछ।
५. सजिवनको सुप रगतको सफाइमा सहयोगी हुन्छ। रगत सफा भएपछि मान्छेको अनुहारमा पनि चमक आउँछ।
६. मधुमेह नियन्त्रण्मा राख्न पनि डाक्टरहरुले सजिवनको सुप प्रयोग गर्न सल्लाह दिन्छन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...