वैशाख १४, काठमाडौं । बैदेशिक रोजगारबाट स्वदेश फर्किने नेपालीहरुको रोजगार मन्त्रालयले सम्पूर्ण रेकर्ड राख्ने तयारी गरेको छ । नेपालबाट कति युवाहरु विदेश गए भन्ने तथ्यांक भएपनि कति फर्किए भन्ने तथ्यांक राख्ने गरिएको थिएन । त्यसैले अब विदेशबाट फर्किएकाहरुको पनि तथ्याङ्क राख्ने निश्कर्षमा रोजगार मन्त्रालय पुगेको हो ।
मन्त्रालयका अनुसार अबको केही महिनाभित्रै यो काम सुरु हुँदैछ । स्वदेश फर्कने कामदारहरुको डाटा राख्ने मात्र नभई विदेशबाट फर्किएकाहरुलाई एयरपोर्टमै अन्तर्वार्ता समेत गरिनेछ- ‘के सीप सिक्नुभयो ? कति वर्षको अनुभव छ ? कुन कम्पनीमा काम गर्नुभयो ? फर्केर के गर्नुहुन्छ ? आदी इत्यादि प्रश्नहरु अन्तर्वार्तामा सोधिन भएको छ ।
श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलका अनुसार विदेशबाट फर्किएका जनशक्तिको महत्वलाई बुझेर तथ्याङ्क लिने तयारी गरिएको बताउँछन् । उनको अनुसार विदेशबाट फर्किएका युवाको तथ्यांक हेरी उनीहरुलाई फेरि स्वदेशमै स्वरोजगार दिन सकिने बताए । मन्त्रालयले तथ्यांक बमोजिम विदेशबाट फर्किएका जनशक्ति अनुरुप बजेट तर्जुमा गर्दा समेत फाइदा हुने जानकारी गराएको छ ।
अहिले यो बिषयलाइ अझै कसरी ब्यबस्थित बनाउने भन्ने बिषयमा गृह मन्त्रालय र अध्यागमन विभागबीच छलफल हुँदैछ । सरकारले आफ्नो योजना अनुसार डाटा कलेक्सन गरि हरेक महिना विवरण सार्वजनिक गर्ने योजना बनाएको छ ।साझासवालमा समाचार छ |


0 comments
प्रतिक्रिया दिनुहोस्...