-->
लोडसेडिङ ३ घण्टा घट्यो, नयाँ तालिका नआउने

२५ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा दैनिक ३ घण्टासम्म लोडसेडिङ घटाएको छ । दैनिक १२ घण्टासम्म लोडसेडिङ हुँदै आएको अहिले ९ घण्टासम्म झरेको छ ।
विद्युत उत्पादन साविकको भन्दा बढेपछि तालिकाभन्दा कम अवधि लोडसेडिङ गर्न सम्भव भएको प्रानधिकरणले जानकारी दिएको छ ।
केही दिनदेखि विद्युत उत्पादन हुने नदीहरुमा पानीको मात्रा बढेपछि विद्युत उत्पादन बढेको प्राधिकरणको भनाइ छ ।
तर, तत्काल घोषित रुपमा लोडसेडिङ नघट्ने प्राधिकरणका प्रणाली सुधार तथा सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले अनलाइनखबरलाई जानकारी दिए ।
‘पहाडी क्षेत्रमा पानी परेकाले नदीमा समान्य सतह बढेपछि घोषणा नै नगरी लोडसेडिङ घटाइएको छ,’ उनले भने, ‘यो अस्थायी रुपमा मात्र घटेको हो । केही दिनमा तालिका अनुसार नै विद्युत काटिनेछ ।’ तत्काल नयाँ तालिका नआउने क्षेत्रीको भनाइ छ ।
दुई हप्ताअघि एसएलसी परीक्षालाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले दिनमा एक घण्टा लोडसेडिङ घटाएको थियो । अहिले हप्तामा ७७ घण्टा लोडसेडिङ हुने तालिका छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.