काठमाडौं, २३ चैत । पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमसत्तामाथि कुनै पनि किसिमको आशंका र बहस अस्वीकार्य हुने चेतावनी दिएका छन् ।
नेपालको सार्वमौमसत्ताबारे बहस हुनुपर्ने भारतीय राजदूत रन्जित रेको कथित टिप्पणीप्रति प्रचण्डले त्यस्तो प्रतिक्रिया जनाएका हुन् ।
राजदूत रेलाई राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रमबाटै चेतावनी दिँदै प्रचण्डले भने– ‘पछिल्लो चरणमा सार्वभौमसत्ताबारे नै बहस हुनुपर्छ भन्ने कुरा जसरी मिडियामा आइरहेको छ र छिमेकीहरुबाट भनिएकोछ, यो आश्चर्यजनक र विडम्वनाको विषय हो । नेपालीहरुको निम्ति असह्य हुने विषय पनि हो । दक्षिणलाई सच्चिन आग्रह गर्दछौं ।’ अन्नपूर्ण पोस्टमा समाचार छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...