काठमाडौं– भारतको मेघालयमा शक्तिशाली भुकम्प गएको छ । मंगलबार दिउँसो स्थानीय समयअनुसार १ बजेर १२ मिनेट जाँदा ५.४ रेक्टरस्केलको भुकम्प गएको सिनोङस्थित भुकम्प मापनकेन्द्रले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अहिलेसम्म कुनै क्षति र संरचनामा क्षती पुगेको जानकारी प्राप्त हुन सकेको छैन । यद्यपी त्यहाँका जनता भुकम्पपछि निकै त्रसित रहेका छन् । भुकम्पको धक्का मेघालय, आसाम तथा उत्तरपूर्वीराज्यहरुमा परेको जनाइएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...