-->
नयाँ अदुवा कसरी राेप्ने बेला सम्म पनि पुरानो अदुवा बारीमै

धनकुटा / नयाँ अदुवा रोप्ने बेला हुदा समेत धनकुटामा यो बर्ष कृषकले पुरानो अदुवा समेत बिक्रि गर्न पाएका छैनन । अदुवाको मुल्यमा आएको अत्याधिक गिरावटका कारण कतिपय कृषकले अदुवा खनेकै छैनन् भने खनिसकेको अदुवा पनि बिक्रि नभएपछि गोदाममै थन्किएको छ । गत बर्ष अदुवा बिक्रि वाट करिव तिनलाख रुपैया आम्दानी गरेका धनकुटा आसिसल्ला ६ का कमल बहादुर न्यौपानेले यो बर्ष भने अहिले सम्म अदुवा बिक्रि गर्न सकेका छैनन् । १५ बर्ष अघिवाट अदुवा उत्पादनमा लागेका न्यौपानेले अदुवाले मूल्य नपाएपछि बिक्रि गर्न नसकेका हुन् । गत बर्ष प्रति किलो ८० रुपैया सम्ममा अदुवा बिक्रि गरे पनि यो बर्ष भने २५ रुपैया प्रति किलो समेत नपाएको उनको गुनासो छ ।
न्यैपाने जस्तै अदुवा उत्पादनमा लागेका धनकुटाका सयौ किसानको अबस्था उस्तै छ । भनेजस्तो मुल्यनै नपाएपछि नया अदुवा रोप्ने समय हुदा समेत अधिकाशं कृषकले अदुवा खनेकै छैनन् । त्यस्तै अदुवा खनिसकेका कतिपय कृषकले भने सित भण्डार अभावका कारण जमिनमा पुरेर राख्न बाध्य छन् । बीउ, मल, औषधी, ढुवानि लगायतका खर्च गर्दा एक किलो अदुवा उत्पादनका लागि करिब ३५ रुपैयाँ खर्च हुने गरेको छ । तर बजारमा अदुवाको मुल्य मुस्किलले प्रतिकिलो २५ रुपैयाँ मात्रै छ । जसका कारण किसानको लागत समेत उठ्ने अबस्था छैन । अघिल्ला बर्षहरुमा पनि मुल्यमा उतारचढाव हुने भएपनि यो बर्षको जस्तो मुल्य नघटेको स्थानिय वताउछन् ।
दिगो वजार नहुनु, लगानिनै उठ्ने गरि समेत मुल्य नपाईनु र मुल्य नपाईएको अबस्थामा भण्डारण गर्न सित भण्डार नहुनुनै मुख्य समास्याका बिषय हुन् ।
धनकुटामा हाल ४ सय ८५ हेक्टर क्षेत्रफल वाट बार्षिक ३ हजार सात सयको हाराहारीमा अदुवा उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादित ८० प्रतिशत अदुवा धरान, बिराटनगर र झापाका ब्यापारि मार्फत भारत निकासि हुने गरे पनि यो बर्ष भारतवाट माग कम आएकाले कृषकले मुल्य नपाएको जिल्ला कृषि बिकास कार्यलय धनकुटाले जनाएको छ । अदुवा उत्पादन पछिका मुल्य अभिबृद्धि श्रृखलामा गर्नुपर्ने बिभिन्न क्रियाकलाप तथा सित भण्डारणको ब्यबस्था गरि भण्डारण गर्न सके केहि हद सम्म मुल्यमा स्थीरता ल्याउन सकिने जिल्ला कृषि बिकास कार्यलय धनकुटाका प्रमुख लक्ष्मि प्रसाद खरेल वताउनु हुन्छ । यता उचित मुल्य नपाएर पिढित बनेका कृषकले भने सरकार सग स्थाई बजार, मुल्य निर्धारण, बाटोघाटो निर्माण र सित भण्डारणको ब्यबस्था गरिदिन माग गरेका छन् ।
वजार अभावका कारण बर्षेनि मुल्यमा आउने उतारचढावका कारण कतियप किसान त निरास बनेका छन् । दिगो वजार नहुनु, लगानिनै उठ्ने गरि समेत मुल्य नपाईनु र मुल्य नपाईएको अबस्थामा भण्डारण गर्न सित भण्डार नहुनुनै मुख्य समास्याका बिषय हुन् । त्यसैले सरकार तथा सम्बन्धित निकायले दिगो वजार, वजार मुल्य र भण्डारण जस्ता कुरामा जोड दिन आबश्यक छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.