-->
राजधानीमा आइसाको कन्सर्ट

काठमाडौं –'जाम्ला' बोलको गीत अमेरिकन गायिका आइसा फुकुसिमाले राजधानीको भृकुटीमण्डपमा गाउँदा नेपाली दर्शकहरु आश्चर्यमा परेका थिए। अफ्रिकनमुलकी अमेरिकन गायिका आइसाले गीत गाइरहँदा उपस्थित दर्शकले समेत साथ दिएका थिए। शनिबार राजधानीको भृकुटीमण्डपमा आयोजक अमेरिकी दूतावासले आयोजना गरेको 'भूकम्पको सम्झना' नामक कन्सर्टमा उनी र उनको ब्यान्डले एक दर्जन गीत प्रस्तुत गरेको थिए।
'हेलो काठमाण्डु । विनासकारी भूकम्पले सबैलाई उत्तिकै दुःख दिएपनि हामी फेरि उठ्ने छौं,'उनले भनिरहँदा दर्शकले ताली बजाएर साथ दिएका थिए। सेतो टिसर्टमा देखिएककी गायिका आइसा पहिलो पटकको राजधानी भम्रणलाई लिएर उत्साहित देखिइन्। झण्डै एक घण्टाबढी स्टेजमा देखिएकी उनले एक दर्जन गीतहरु प्रस्तुत गरेकी थिइन्। सर्वप्रथम स्टेजमा देखिदाँ उनले नेपाली दर्शकलाई अभिवादन समेत गरेकी थिइन्। पहिलो नेपाल भ्रमण भएपनि राजधानीको मौसम र महोलबाट परिचित भएको उनले दर्शकलाई आनन्द दिन जुटेकी थिइन्।
उनी अमेरिकन दूतावासको निम्तोमा राजधानीमा कन्सर्टमा आउन पाउँदा खुसी लागेको समेत बताइन्। विनासकारी भूकम्पको सम्झनामा अमेरिकी दूतावासले कन्सर्ट आयोजना गरेको थिए । आइसासहित चार जनाको टोली बुधबार राजधानी आइपुगेका थिए।
तस्बिर: प्रबिन काेइराला
'र्याप्टिभिस्ट' नामक र्याप अभियानकी प्रमुख रहेकी गायिका आइसाले भूकम्पको जाँदाको स्थितिलाई समेत सम्झना गरेकी थिइन्। त्यस्तै कन्सर्टको दौरान उनले 'र्याप्टिभिस्ट' र्याप अभियानबारे सबैलाई जानकारी गराएकी थिइन्। आइसाले 'र्याप्टिभिस्ट' र्याप अभियान अन्तर्गत 'म्याड ह्याबिट्स', 'ओरिजिन्स्' र 'क्लाउड राइटर' लगायत एल्बम सार्वजनिक भइसकेका छन्। 'र्याप्टिभिस्ट' र्याप अभियानबाट युवा सशक्तिकरणबारे जनचेतना फैलाउन उनी संसारभरका ६० भन्दा बढी देश भ्रमण गरिसकेकी छिन्।
कन्सर्टमा उनले 'वीलिभ इन रियालिटी', 'पोयट ट्रि','पोजेटिभ ब्ल्याक सोल','होमटाउन ग्ल्वरी', 'लभ द वे वी रक', 'ट्रट इन मि', 'र्याप्टिभिस्ट' र 'स्वीट साउन्ड' लगायत गीतहरु प्रस्तुत गरेकी थिइन्। कन्सर्टमा अन्तराष्ट्रिय ख्याती कमाएका नेपाली डिजाइनर प्रवल गुरुङले विनासकारी भूकम्पलाई स्मरण गर्दै वक्तत्व दिएका थिए। 'नेपालमा विनासकारी भूकम्प जाँदा म अमेरिकामा थिए। जव भूकम्प गएको खबर पाए। सर्वप्रथम घरमा फोन गरेर कुराकारी गरे,'उनले सम्झँदै भने,'त्यसलगत्तै अन्तराष्ट्रिय सहयोग जुटाउन सबैलाई आग्रह गर्दै आर्थिक संकलनमा जुटे। सबैबाट सहयोग जुटेपछि तत्काल आवश्यक क्षेत्रमा सहयोग पु¥याउन जुट्यौं।'
कन्सर्टमा नेपाली ब्यान्ड १९७४ एडी, निर्णय द एनएसके र समृद्धि राईले समेत सांगीतिक प्रस्तुती दिएका थिए। त्यस्तै पूर्व मिस नेपाल इभाना मानन्धरले समेत कन्र्सटमा वक्तत्व दिएकी थिइन्। 'भूकम्पको सम्झनामा संगीतको माध्यमबाट युवाहरुलाई प्रोत्साहित गर्न पाउँदा खुसी लागेको छ,' १९७४ एडीका मनोज केसीले भने।
त्यस्तै आगामी वैशाख १७ मा पोखराको लेकसाइडमा हुने गायिका आइसाको कन्सर्टमा नेपाली ब्यान्ड रोविन एन्ड दि न्यु रिभोलुसन र मिलन एन्ड द ब्यान्डले साथ दिदैछन् । 'भूकम्पको सम्झना र नेपालमा र्यापको बढ्दो क्रेजलाई पछ्याउँदै आइसाको कन्सर्ट गरेका हौ। यसले युवा सशत्तिकरणमा जोड दिनेछ भन्नेमा आशावादी छौं',अमेरिकन दूतावासका कल्चरल अफेयर्स अफिसर विलियम एन होटोन जेआरले भने ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.