वैशाख १२ गते कुनै पनि नेपालीले भुल्न सक्दैनन् । यो पंक्तिकारको हकमा भने यस दिनले खुशीे र दुुःख दुबैको संझना दिलाउंछ । २०७१ साल वैशाख १२ गतेको दिन यो पंक्तिकार आफ्नीे श्रीमती दिपिका श्रेष्ठको साथ पहिलो पटक अमेरिका टेकेको दिन हो । नेपालमा दुबै जना आ–आफ्नो क्षेत्रमा स्थापित भइसकेका थियौ हामी । अकस्मात अमेरिकाको ग्रीन कार्ड पाएपछि हामीले न्युयोर्क शहर गएर आफ्नो क्षमतालाई अझ अभिवृद्धि गर्ने निधो गर्यौं ।
अमेरिका टेकेको ठिक १ वर्ष पुगेकै थियो र हामीहरु आफ्ना साथीहरुसंग यस दिनलाई रमाइलो गरेर मनाउने विचार गर्दै थियौं । अकस्मात नेपालमा ७.८ रेक्टर स्केलको भूकम्पले सबैलाई हल्लाइदियो ।
न्युयोर्कको समय अनुसार बिहानको ४ बजेको थियो जब हामीले भूकम्पको खबर थाहा पायौं । त्यस लगतै नेपालमा रहेका आफ्ना साथीभाइ र नातागोतालाई फोन गरेर, सामाजिक संजालहरुबाट सम्पर्क गर्ने प्रयास गर्यौं । उनीहरु सबै सकुशल रहेको खबर पाएर राहतको सास फेर्यौं तर त्यो महाभूकम्पले गरेको विनास र वित्यासले भने हामीलाई पनि मर्माहित पारेको थियो । हामी दुबै नेपाल फर्किएर सञ्चारको माध्यमबाट केहि गर्न खोजिरहेको थियौ । हामीलाई विश्वास थियो कि हाम्रो सीपलाई सदुपयोग गर्ने बेला नै यहि हो स्वदेशको लागि ।
अमेरिका उड्नुभन्दा अघि म नेपालको न्युज च्यानलमा राम्ररी स्थापित भइसकेको न्युज २४ टेलिभिजनमा न्युज एकंर र प्रोग्राम प्रोड्युसरको रुपमा कार्यरत थिए भने दिपिका बीबीसी मिडिया एक्सनमा क्लाइमेट एशिया तथा ह्युमेनिटेरियन प्रोजेक्ट एसोसिएटको रुपमा कार्यरत थिइन् ।
यस्तो महाविपत्को बेला हामी दुबैलाई नेपाल फर्केर केहि गर्न मन थियो । भूकम्प गएको ठिक २ दिन पछि दिपिकालाई ज्याकी डाल्टन, जो बीबीसी मिडिया एक्सनकी सिनियर प्रोड्युसर र ट्रेनर हुन्, उनको इमेल आयो । बीबीसी नेपाली सेवामा छिट्टै १५ मिनेटको दैनिक रेडियो कार्यक्रम उत्पादन हुंदै थियो र ज्याकी इमेलमा जान्न चाहिरहेकी थिइन् कि हामी तुरुन्त नेपाल उड्न सक्ने संभवाना छ कि छैन भनेर ।
बीबीसी मिडिया एक्सन नेपालको पछिल्लो प्रोजेक्टमा दिपिकाले विपत्को बेलामा अघि–पछि भन्दा सञ्चारले के–कसरी फरक र महत्वपूर्ण भुमिका खेल्न सक्दछ भन्ने विषयमा सञ्चारकर्मीहरु, सरकारी निकाय र सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुलाई तालिम दिने र संगै मिलेर काम गरेकी थिइन् । त्यहि तालिम लिने मध्ये एक पत्रकार म पनि थिए ।
उक्त तालिममा हामीलाई (Lifeline Programming) को बारे प्रशिक्षण दिइएको थियो । यो तालिममा कुनै पनि ठुलो आपत्विपत् परि आउंदा सञ्चारले गर्ने काम फरक किसिमको हुन्छ भनेर सिकाइएको थियो । आमसञ्चार, पीडितको बारेमा होइन, पीडितको लागि हो भनी सिकाइएको थियो । जसरी त्यतिखेर पीडितलाई गास, बास र कपडाको आवश्यक्ता हुन्छ त्यसरी नै उनीहरुलाई सहि सूचनाको पनि आवश्यक्ता हुन्छ ।
जस्तै, यस्तो बेला सहयोग माग्न कहां जाने, कसरी जाने, के खाने, कसरी खाने, कसरी सुरक्षित रहने, पानी कसरी शुद्ध पारेर पिउने जस्ता सामान्य कुराहरु पीडितका लागि अति उपयोगी हुन्छ । त्यस्तै, सहि सूचना दिएर अफवाह र भ्रमहरुबाट पनि पीडितलाई बचाउनुपर्छ । यतिबेला हामी दुबैले सिकेको यहि कुरालाई व्यवहारमा उतार्नु पर्ने बेला आएको थियो ।
यस्तो लागिरहेको थियो कि हजारौं माइल टाढा ज्याकीले हाम्रो त्यो इच्छालाई सुनिन् । उनको इमेलले हामीलाई निकै ठुलो हौशला दियो नेपालमा गएर मिडिया क्षेत्रबाट सेवा गर्नका लागि । हामी दुबै जना तयार थियौ जानका लागि तर एउटै कुराको तगारो थियो । त्यो थियो हामी दुबैको काम ।
कक्स एन्ड किंग्स ग्लोबल सर्भिस नामक कम्पनीमा म भिसा कन्सल्टेन्टको रुपमा काम गरिरहेको थिए । अमेरिका आएको ७ महिनाको अथक प्रयास पश्चात बल्ल अफिसियल काम पाएको थिए । भर्खरै शुरु गरेको कामबाट ३ हप्ताको बिदा माग्न निकै कै अप्ठ्यारो थियो तर मलाई मेरो म्यानेजरले बिदा सजिलै स्वीकृत गरिदिए । वैशाख १८ गते हामी काठमाडौंका लागि उड्यौ र २० गते बिहान ६ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लियौं ।
विमानस्थल ओर्लिए लगतै हामी बीबीसी मिडिया एक्सनका कन्ट्रि डिरेक्टर मोना लाक्जोको निवासमा गयौ । सानेपास्थित निवासबाट काम गर्न त्यति सुरक्षित नभएर अस्थायी रुपमा उनको निवासलाई नै कार्यालय बनाइएको रहेछ ।
पांच जनाको हाम्रो टिमले नेपाल गएको दिनदेखि नै काम शुरु गर्यो । भोलिपल्टदेखि शुरु भयो रेडियो कार्यक्रम “मिलिजुली नेपाली” । उक्त कार्यक्रममा हामीले श्रोताहरुलाई आफ्नो स्वास्थ्य, सुरक्षा लगायतका बारेमा जीवन उपयोगी सामाग्रीहरु प्रसारण गर्न थाल्यौ ।
३ हप्ते नेपाल बसाईका क्रममा म रिपोर्टिङको सिलसिलामा सिन्धुपाल्चोक पनि पुगेको थिए । त्यति ठुलो विनास त्यस जिल्लामा हुंदा पनि मानिसहरु आशावादी देख्दा मलाई आश्चर्य लागिरहेको थियो । उनीहरुको आंखामा देखिने पीडाभन्दा कयौं


0 comments
प्रतिक्रिया दिनुहोस्...