अमेरिकी राज्य फ्लोरिडामा एउटी महिलाको कपाल यत्ति लामो छ की नुहाएपछि यसलाई सुक्न दुई दिन लाग्छ ।यति लामो कपालकी धनी हुन्, ५० वर्षीया आशा मण्डेला ।५५ फिट लामो र २० केजी तौल भएको कपालको कारण आसा चर्चित छिन् । कपाल असाध्यै बाक्लो भएका कारण उनको कपाललाई विभिन्न हिस्सामा छुटाछुटै बाँधेर राख्ने गरेकी छिन् ।
आसाका श्रीमान इम्यान्युल चेज हेयर स्टाइलिस हुन् । उनी प्रायः सधैं पत्नीको कपालको स्यारसुसारमा लागिरहेका हुन्छन् । श्रीमतीको लामो कपाल भएको फाइदा उठाउँदै इम्मान्युलले हेयर प्रोडक्टको व्यापारसमेत गरिरहेका छन् ।सबैभन्दा लामो कपाल भएकी महिलाका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले समेत आसालाई मान्यता दिइसकेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...