५ वैशाख, बिर्तामोड । सडक महत्सबकै दिन सडक अबरुद्ध गर्दै रक्सिकाे बिज्ञापन गरिएकाे छ । झापाकाे बर्तामाेड शनिश्चरे मुल सडकमा यसरी सडक अबरुद्ध गरिएकाे हाे । सडक अबरुद्ध हुँदा बिमारि बाेकेकाे एम्बुलेन्स समेत छिर्न नपाउदा सडक छेउका सर्वसाधारणले अाक्राेश व्यक्त गरेका थिए ।
सडकमा सवारी रोक्नुभयो भने ट्राफिक प्रहरीले के गर्ला ? सबैको साझा उत्तर आउछ त्यो सवारीसाधनलाई प्रहरी कार्यालयमा लगिन्छ र जरिवाना गरेर छाडिन्छ । सडक आसपासमा बसेका फुटपाथ पसले ट्राफिकले लखेट्ने भयबाट त्रस्त हुन्छन् ।
शुक्रबार दिनभर एउटा ब्यापारिक संस्थाले बिर्तामोडको शनिश्चरे रोडस्थित ब्यस्त सडक अवरोध गर्याे । यो अवरोधलाई न त प्रहरीले नै रोक्ने प्रयास गर्याे न त ट्राफिक प्रहरीले सडक खाली गर्ने प्रयास गर्याे ।
ट्राफिक प्रहरीलाई त्यसक्षेत्रको यातायात ब्यवस्थापन गर्न दिनभर खटेको थियो भने इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी खड्कबहादुर खत्री प्रहरीको जम्बो टोली नै लिएर ‘सुरक्षा’ प्रदान गरिरहेका थिए ।
कतिपय अवरोध खुलाउन प्रहरीले डण्डा बजार्छ । बिडम्बनाको कुरा, त्यही प्रकारको अर्को कुनै रक्सि व्यापारलाई भने राज्यले नै संरक्षण दिएर सडकमै व्यापार व्यवसाय गर्न छुट दिएको छ । के यो ठूलालाई चैन, सानालाई ऐन भनेजस्तो भएन र ? सडककाे छेउका टिभि पसले भुपेन ढुग्ङेल प्रश्न गर्दै थिए ।
प्रसङ्ग हो शुक्रबार शनिश्चरे रोडस्थित बीच सडकमा आयोजना गरिएको ‘रुस्लान भोड्का म्युजिक एण्ड फुड फेस्टिभल– २०७३’ को । मेला पोजिटिभ मिडिया इभेन्ट्स नामक संस्थाले आयोजना गरेको हो । जिल्लाको शान्ति सुरक्षाको सम्पूर्ण जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयले नै यस मेलाका लागि अनुमति मात्रै होइन मेलालाई सफलताका साथ सम्पन्न गर्न प्रहरी प्रशासनलाई पत्र काटेको छ ।
यता मेलाको आयोजकले भने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई निम्तो नै पठाएको पाइएको पाइएको छ । प्रशासन कार्यालयले समेत इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई पत्रको बोदार्थ दिएको छ ।
पत्रमा इलाका प्रहरीलाई मेलामा आवश्यक सुरक्षा प्रदान गर्न भनिएको छ । ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न भनिएको छ । पत्रमा प्रशासन कार्यालयका एकजना प्रशासकीय अधिकृतले रातो मसीले सही गरेका छन् ।
मेला बिर्तामोडको शनिश्चरे रोडमा शुक्रबार विहान ११ बजेदेखि राति अबेरसम्मै लगाइयो । यो समय अत्यन्तै व्यस्त र व्यावसायिक तथा कार्यालय प्रयोजनका हिसाबले सो सडक भिड्भाड रहने गर्दछ ।
यस्तो थियो सडक अबरुद्ध
सडक पुरै अवरुद्ध थियाे । मानिसहरुलाई आवत–जावत गर्न कठिनाई भइरहेको थियो । त्यस सडकमार्फत कुनैपनि सवारीका साधन पार गर्न सकिरहेका थिएनन् ।
सडक भरी हो–हल्ला र अव्यवस्थित दृष्य मात्र देखिन्थ्यो । प्रहरी भने सडक मेलालाई मजाले सघाई रहेको थियो । ‘सिडियो कार्यालयले नै स्वीकृती दिइसकेपछि हामीले केही गर्न मिल्दैन,’ एक प्रहरीले भने ।
तर, मेलाको आयोजकले सडक अवरोध गर्दासमेत प्रहरीले केही गर्न सकेन । मेला आयोजकले बाटो छेकेरै सवारी साधनलाई शाखा सडकबाट पठाइरहेको थियो । ‘सडक किनारमा सागपात बेच्नेलाई समेत लखेट्ने ट्राफिक प्रहरी नै आज यस मेलाको दर्शक र समर्थक बनेका थिए ।उक्त कार्यमा इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खत्री आफैँ खटिएका थिए ।
प्रहरी दर्शक बनेका थिए । मेलामा बिभिन्न ब्याण्ड र कलाकारको प्रस्तुति थियो । बच्चाहरुको खेल हाउजी, घम्साघम्सी, खानाका परिकारहरु राखिने कुरा आयोजकका सदस्यले अघिल्लै दिनदेखि फेसबुकमा लेखेका थिए ।
सडक मेलाको प्रचार गर्दै दुइ दिनसम्म बिर्तामोडमा माइकिङसमेत गरिएको थियो । मेलाप्रति आक्रेश पोख्दै बिर्तामोडका राजु गौतमले ‘बाटोको साइडमा सवारीसाधन रोक्दा नो पार्किङमा किन रोकेको भनी जरिबाना गर्न खोज्ने ट्राफिक प्रहरीे बिच सडकमा सवारी आवतजावतमा असर गर्ने गरी कार्यक्रम गर्दा किन मुकदर्शक ?’ भन्दै प्रश्न गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...