१५ सय ७१ मिटर लामो पुल ३ वर्षमा सम्पन्न हुने दक्षिण एसियाकै लामो झोलुङ्गे पुल नेपालमा निर्माण हुने भएको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।
नवलपरासी जिल्लाको नेपाल-भारतको सीमामा रहेको नारायणी नदीमा सो झोलुङ्गे पुल निर्माण हुन लागेको हो।
हाल पुल नहुँदा नेपालकै सुस्ता गाविसका बासिन्दा नारायणी नदीमा हिउँद वर्षा नै डुंगामार्फत जोखिमपूर्णरुपमा नदी वारपार गर्न बाध्य हुँदै आएका छन्। सरकारले सुस्ताबासीलाई नेपालको भूमि जोड्नका लागि पुल निर्माण गर्न लागेको हो।
पुल निर्माणमार्फत सरकारले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने र नेपाली र भारतीय बासिन्दालाई आवतजावत गर्न सहज हुनेछ। पुल निर्माण नहुँदा हजारौ मानिस डुंगामार्फत नै यात्रा गर्ने गरेका छन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...