मुम्बई–बलिउड अभिनेत्री करिना कपुर अहिले खुशी छिन् । आफ्नो नयाँ फिल्म 'की एन्ड का'ले रिलिज भएकै दिन १५ करोड भारु कमाएपछि उनी खुशी भएकी हुन् । फिल्ममा उनीसँग अभिनेता अर्जुन कपुरले काम गरेका छन् । फिल्म गत शुक्रवार रिलिज भएको हो ।
हुन त करिनाले यसअघि विभिन्न ब्लकबस्टर फिल्ममा काम गरिसकेकी छिन् । उनी अभिनीत फिल्म 'थ्री इडियट्स'ले बक्स अफिसमा त्यसअघि भएका प्रायः जम्मै रेकर्ड भत्काइदिएको थियो । यो फिल्म सबैभन्दा बढी आम्दानी गर्ने बलिउड फिल्मको सूचीमा पनि दर्ता भएको थियो ।
यति हुँदाहुँदै पनि 'की एन्ड का'ले १५ करोड रुपैयाँ आम्दानी गर्दा उनी खुशी छन् । किनकि, यो फिल्ममा उनीसँग उनीभन्दा कनिष्ठ कलाकार अर्जुन कपुरले काम गरेका छन् । त्यही भएर फिल्मको सफलताको मुख्य श्रेय उनले आफैँ लिन खोजेको समाचारमा जनाइएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...