-->
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पको आज एक वर्ष पूरा

गत वर्ष वैशाख १२ गते करिब नौ हजारको ज्यान जाने गरी नेपालमा गएको भूकम्पको आज एक वर्ष भएको छ । भूकम्पको एक वर्षको सन्दर्भमा भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा आज देशका बिभिन्न ठाउँमा कार्यक्रमहरु आयोजना गरिएका छन् ।
काठमाडौंको क्षतिग्रस्त धरहरा नजिक आज विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । कार्यक्रम पछि आजै दिउँसो पुननिर्माण अभियानमा सरिक हुन प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जाने कार्यक्रम छ । त्यस्तै, राष्ट्रपति विद्या भण्डारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाक जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीले भूकम्प गएको समय ११ः ५६ बजे बारपाकमा भूकम्प स्मृति पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । स्थानीयको आयोजनामा काठमाडौंबाट शुक्रबार हिँडेको साइकल ¥याली पसिन आज बारपाक पुग्ने छ ।
गोरखाको बारपाक केन्द्रन्बिन्दु भएर गएको ७.८ रेक्टरको भूकम्पले ठूलो जनधनको क्षति पु¥याएको थियो । भूकम्पले गोरखामा मात्रै ४७२ जनाको ज्यान लिएको थियो भने एघार सयभन्दा बढी घाइते भएका थिए । करिब ७० हजार घर भूकम्पले पूर्ण रुपमा ध्वस्त बनाए पनि पुननिर्माणको सुरुवात भने अझै भएको छैन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.