प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद!
मुखबाट टुक्का, चुट्किला, कटाक्ष, उपहास र दम्भमात्र निकाल्ने उनले त्यो दिन एउटा सत्य पनि निकालिदिए। त्यो दुर्लभ घटना थियो, नगरा बजाएर उत्सव मनाउन लायक!
ओलीले अन्तस्करणको इमानदार ध्वनिलाई छेकथुन नगरी, नखजमजाई भने, 'यस्तै ताल हो भने भूकम्पपीडितलाई एक दशकमा पनि घरभित्र बसाउन सकिँदैन।' शब्दहरू अक्षरशः यिनै नभए पनि मजबुन यही थियो।


0 comments
प्रतिक्रिया दिनुहोस्...