-->
महारानी एलिजावेथको प्रेमपत्र २१ लाखमा लिलाम

लण्डन– बेलायतकी महारानी एलिजावेथ–द्वितीयको एउटा प्रेमपत्र १४ हजार पाउण्डमा लिलाम भएको छ। दुई पेज लामो सो प्रेम पत्रमा महारानी एलिजावेथले युवराज फिलिपसँग कसरी माया बस्यो भन्ने कुरा उल्लेख गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
महारानी एलिजावेथले सो पत्र १९४७ मा विवाहभन्दा केही महिना पहिला लेखेकी थिइन्। जतिबेला उनको उमेर २१ वर्षकोमात्र थियो। पत्रमा उनीहरुको जोडी कस्तो देखिन्छ भन्ने व्यहोरा रहेको संचारमाध्यमले उल्लेख छ।
सो चिठ्ठी ८ सयदेखि १२ सय पाउण्ड लिलाम हुने अनुमान थियो, तर अनुमानभन्दा १८ गुणा धेरैमा पत्र लिलाम भएको हो। चिपेनहाम लिलामी घरका रिजर्ड एड्मोंड्सले यस्तो ऐतिहासिक दस्तावेज बिक्री गर्नु सम्मानको विषय भएको बताए। यो पत्र यस्तो समयमा लिलाम गरिएको छ २१ अप्रिलमा महारानीको ९० औं जन्मदिनमा मनाइएको थियो। महारानी एलिजावेथ र युवराज फिलिपको १९४७ मा विवाह भएको थियो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.