-->
कसले किन्ला याहु ? १० कम्पनीले देखाए रुची

इन्टरनेट जाएन्ट याहुले आफुलाई बेच्दैछ । आफ्नो मुख्य इन्टरनेट व्यवसाय बिक्रि गर्न लागेको याहु खरीद गर्नका लागि १० भन्दा बढि कम्पनीले रुची देखाएका छन् ।
कम्पनी खरीद गर्नका लागि १० भन्दा बढि मनसायपत्र याहुले प्राप्त गरेको छ । ती खरीद प्रस्ताव मध्ये सबैभन्दा धेरै मूल्य ८ अर्ब डलरवाला प्रस्ताव रहेको छ ।
याहुले यी १० बाट अन्तिम सात वटा मनसायपत्र छनोट गर्नेछ अबको हप्ता भित्रैमा । तर याहु खरीद गर्ने अन्तिम क्रेताको घोषणा गर्न भने अझै एक महिना लाग्ने बताइएको छ ।
याहु खरीद गर्न रुची देखाएर याहुमा मनसायपत्र बुझाउनेमा भेरिजोन, वाइपी होल्डिंग्स, टिपिजीका साथै बेन क्यापिटल, भिस्टा इक्विटी पार्टनर्स लगायतका रहेका छन् । त्यस्तै १।२ वटा बेनामी रणनीतिक कम्पनीहरुले भने याहु खरीदका लागि मनसाय जाहेर गरेका छन् ।
यसअघि ४० भन्दा बढि कम्पनीहरुले याहु खरीद गर्ने इच्छा राखेको समाचार आएको थियो । तर अहिले सार्वजनिक भएको सूचि भने त्यो भन्दा निकै कम देखिएको छ ।
याहुकी सिइओ म्यारिसा मायरले हालै कम्पनीको बैठकमा बोल्दै बिक्रि प्रक्रिया कम्पनीको सबैभन्दा पहिलो प्राथमिकतामा रहेको बताएकी छिन् । आफुले यो विषय टुंग्याउन दैनिक रुपमा विभिन्न पार्टीसँग भेट गरिरहेको उनले बताइन् ।
खरीद बिक्रि प्रक्रियाको विषयमा थप विस्तृतमा भने उनले बताएकी छैनिन् । प्रक्रियाको निष्पक्षता कायम राख्नका लागि यसको समायवधि तथा प्रस्तावहरुका बारेमा कुनै टिप्पणी नगरिने उनले स्पष्ट पारेकी छिन् ।
कम्पनी सुधार्नका लागि सिइओ मेरिसाले ३ वर्षसम्म अथक मेहेनत गरेपनि याहुले खासै प्रगति गर्न सकिरहेको छैन । यो सँगै याहुले आफ्नो मुख्य इन्टरनेट व्यवसाय बिक्रि गर्न लागेको हो ।
तात्विक परिवर्तन गर्न लगानीकर्ताहरुको तिब्र दबाबपछि याहुले इन्टरनेट व्यवसाय बिक्रि गर्ने निधो गरेको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.