नवलपरासी –सद्भाबना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी मोर्चाले राखेको ११ बुंदे माग प्याकेजमा पुरा नभए सिंहदरवार केन्द्रित आन्दोलन गरिने बताएका छन् । जनजागरण अभियानमा निस्केका महतोले शनिबार सदरमुकाम परासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यो कुरा बताएका हुन ।
सो अवसरमा उ नले अबको आन्दोलन जनतालाई दुख दिने प्रकृतिको नभई सरकारलाई दवाव दिने खालको हुने बताए । अबको शान्तिपुर्ण आन्दोलनले माग पुरा गराउन सरकारलाई घोडा टेकाउने दाबी गर्दै सो आन्दोलन नाका केन्द्रित भने नहुने स्पष्ट पारे ।
फरक प्रसंगमा महतोले संजय सहाको मुददामा निष्पक्ष छनवीन समिति गठन गर्नु पर्ने बताउदै साहलाई सरकारले एक पछि अर्काे अपराध थप्दै फसाएको दाबी गरे ।


0 comments
प्रतिक्रिया दिनुहोस्...