-->
बुद्धबारे भारतको अर्को खेल : नक्कली कपिलवस्तुको प्रचारका लागि ३ अर्ब रुपैयाँ खर्चदैं

भैरहवा – भारतले फेरि गौतम बुद्ध नेपालमा नभई भारतमै जन्मिएको दावी गरेको छ । यति मात्र नभई गौतम बुद्धको बाबु राजा शुद्धोधनको दरबार पनि भारतमै रहेको भारतीय दावी रहेको छ । आफ्नो दावीलाई अन्तराष्ट्रिय स्तरमा बलियो बनाउन भारतले नक्कली कपिलवस्तुमा अन्तर्राष्ट्रिय संग्रहालय समेत निर्माण गरेको छ ।
भारतका केन्द्रिय पर्यटन, संस्कृति तथा नागरिक उड्डययन मन्त्री डाक्टर महेश शर्माले उक्त संग्रहालयको उदघाटन गर्दै बुद्ध भारतमै जन्मेको दावी गरे । उनले बुद्ध उत्तर प्रदेशमा रहेको कपिलवस्तुमा जन्मेको र यहि हुर्केर पछि अन्त गएको समेत दावी गरे । उनले भारतको सिद्धार्थनगर जिल्लामा रहेको गनवरिया र पिपरहवा क्षेत्रमा गौतम बुद्धको जन्मस्थल देखि हुर्केका समेत स्थल भएको हुँदा यसलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन १ सय ७० करोड रुपैयाँ (भारु) समेत निकासा भैसकेकोले चाडै नै यो क्षेत्र बौद्धिस्टहरुको प्रमुख गन्तब्य स्थल बन्ने दावी समेत गरे । भारत सरकार भारतीय पुरातत्व सर्वेक्षण लखनउको आयोजनमा भारतीय कपिलबस्तुमा पुरातत्व संग्रहालयको उदघाटन भएको हो ।
शुरुमा भारतीय पर्यटन मन्त्री शर्माले बुद्ध नेपालमै जन्मेको भए पनि बुद्ध हुर्केको र २९ बर्ष भारतीय कपिलबस्तुमा बिताएको बताएका थिए । पछि उनले आफ्नो बोली सच्चयाउँदै बुद्ध जन्मेदेखि २९ बर्षसम्म भारतमा भएको दावी गरे ।
कार्यक्रममा बुद्ध भारतमै जन्मेको बलियो प्रमाण रहेको बताइए पनि उक्त प्रमाण पेश भने गरिएन । सिद्धार्थनगर जिल्लाका सांसद जगदम्बिका पालले उक्त प्रमाण भारतकै कोलकाताको कुनै संग्रहालयमा राखिएको दावी गरे । उनले सन १८९८ मा ब्रिटिश ईन्जिनियर विलियम सि पेपेले यस आफ्ना् स्टेटमा पर्ने तत्कालीन यो दरबार पत्ता लगाएको दावी गरे । भारतीय पक्षले उत्खननको क्रममा भेटाईएका तर अहिले सम्म लुकाएर राखेका “ओम देभपुत्र बिहार बिहार कपिलवस्तु संघ” र “महा कपिलबस्तु भिख्खु संघ” लेखिएका दुई बस्तुको आधारमा भारतीय स्थल नै शुद्धोधनको दरबार रहेको तर्क पेश गरेको छ ।
भारतले बुद्धले २९ बर्ष यसै पिपरहवा र गनवरिया क्षेत्रमा बिताएको दावी गरेको छ । नेपालकै कपिलबस्तुको जिल्लाको नाम संग मिल्दोजुल्दो नाम राखेर भारतले बुद्ध भारतमै जन्मेको र २९ बर्ष सोही स्थानमा बिताएको भारतीय पर्यटन मन्त्री शर्माले दावी गरे । उनले निग्लिहवामा भएको स्तम्भबाट शुद्धोधनको दरबारसोही नेपालको कलिवस्तु जिल्ला अन्र्तगत तिलौराकोटमा रहेको पुष्टि भइसकेपनि भारतले शुद्धोधनको दरबार आफ्नो क्षेत्रमा देखाउन उद्धत रहेको छ ।
यसको लागी भारतले नेपाल भारतको सीमा कपिलबस्तुको चाकडचौडा नजिकै कपिलवस्तु भन्ने स्थानको नामाकरण समेत गरेको छ । यस क्षेत्रमा आउने पर्यटकलाई भारतीय पथ प्रदर्शकले गौतम बुद्धको दरबार भनि परिभाषित गरे पछि पर्यटक पनि सोही स्थानबाट फर्किने गरेका छन् ।
तर सो क्षेत्रमा राजा प्रसाद भन्नेको दरबार रहेको चर्चा छ । एक थरिले राजा शुद्धोधनको कुनै रानीको सन्तान हुन नसकेको र तत्कालीन समयमा सन्तान नभएकी स्त्रीको मुख हेर्न राम्रो नहुने भएकोले यस्ता रानीलाई र उनीहरुको सुसारेहरुका लागी २५ वटा कोठा भएको दरबार निर्माण भएको किंवदन्ती रहेको पनि स्थानियहरु सुनाउँछन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.