काठमाडौं, चैत २१ – आइसिसी ट्वेन्टी–ट्वेनटी विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार इंग्ल्याण्ड र वेष्ट इन्डिजबिच प्रतिस्पर्धा हुँदैछ ।
कोलकाताको इडन गार्डेन मैदानमा बेलुका सवा सात बजे दुई टोली उपाधिका लागि आमने सामने हुने छन् । इंग्ल्याण्ड सेमिफाइनलमा न्युजिल्याण्डलाई सात विकेटले हराएर फाइलनमा आइपुगेको हो । यस्तै वेष्ट इन्डिजले आयोजक भारतलाई सात विकेटले नै हराएर फाइनलमा स्थान बनाएको हो । इंग्ल्याण्ड र वेष्ट इन्डिज दुवैले यसअघि एक एक पटक ट्वेन्टी–ट्वेन्टी विश्वकपको उपाधि जितेका छन् ।
इंग्ल्याण्डले सन् २०१० मा वेष्ट इन्डिजमा भएको खेलमा अस्ट्रेलियालाई सात विकेटले हराएर उपाधि उचालेको थियो । यस्तै वेष्ट इन्डिजले सन् २०१२ मा श्रीलंकामा भएको खेलमा घरेलु टोलीलाई ३६ रनले हराएर उपाधि जितेको थियो । इंग्ल्याण्ड र वेष्ट इन्डिज दुवै टोली यो पटक उपाधि उचाल्दै ट्वेन्टी–ट्वेन्टी विश्वकपमा दुई पटक उपाधि जित्ने पहिलो टोली बन्ने लक्ष्यका साथ मैदान उत्रने छन् । इंग्ल्याण्ड इओन मोर्गान तथा वेष्ट इन्डिज डरेन सामीको कप्तानीमा मैदान उत्रने छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...