३० चैत, काठमाडौं । क्रिष्टियानो रोनाल्डोलाई उछिन्दै बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी सर्वाधिक कमाउने फुटबलर बनेका छन् ।
फ्रान्स फुटबल पत्रिकाका अनुसार पाँच पटकका बालोन डि’ओर विजेता मेस्सीले सन् २०१५ मा ७४ मिलियन युरो कमाएका छन् । रोनाल्डो दोस्रो स्थानमा छन् र उनको कमाई ६७.४ मिलियन युरो छ भने तेस्रो स्थानमा रहेका नेयमारको कमाइ ४३.५ मिलियन युरो छ ।
फ्रान्स फुटबल पत्रिकाले कर बुझाउनु पूर्वको तलब, स्पोन्सरसिप र बोनस लगायतका आधारमा सर्वाधिक कमाउने फुटबलरहरुको सूची बनाएको हो ।
एन्जल डि मारिया फ्रान्समा सर्वाधिक कमाउने फुटबलर बनेका छन् । उनको कमाई २४ मिलियन युरो छ ।
चेल्सीबाट बर्खास्त भए पनि जोसे माउरिन्हो सर्वाधिक कमाउने फुटबल प्रशिक्षक बनेका छन् । उनको कमाइ २४ मिलियन युरो छ । दोस्रो स्थानमा पेप ग्वार्डिओला र तेस्रो स्थानमा फाविओ कापेलो रहेको पत्रिकाले जनाएको छ


0 comments
प्रतिक्रिया दिनुहोस्...