-->
हलेसी नजिकै बर्खेटार भिरमा बस खस्यो, १५ जनाको मृत्यु

मंगलबार, ३० चैत
खोटाङ । खोटाङको बर्खेटारमा यात्रुबाहक बस दुर्घटना भएको छ ।
दिक्तेल बजारबाट काठमाडौं आउँदै गरेको बा २ ख ६३७६ नम्बरको यात्रुबाहक बस हलेसी नजिकै बर्खेटारमा दुर्घटना हुदाँ १५ जनाको मृत्यु भएको छ।
विहान ५ बजे काठमाडौंका लागि छुटेको यात्रुवाहक बस बाटोबाट झन्डै पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको थिए ।
उद्दारका लागि प्रहरीको टोली घटनास्थलमा रहेको छ । घटनास्थलमा स्थानियबासी र प्रहरीको सहयोग घाइतेहरुको उद्धारकार्य भइरहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.