-->
नारायणी पुलबाट हाम्फालेर एक महिला बेपत्ता

चितवन, चितवन र नवलपसारी जोड्ने नारायणी पुलबाट हाम्फालेर एक महिला बेपत्ता भएकी छिन् ।
आज विहान करिव ९ बजेर २० मिनेटको समयमा पुलबाट नारायणी नदीमा हाम्फालेर अन्दाजी ३०÷३५ वर्ष उमेरकी एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवरले हाम्फालेको देखेका स्थानीय जनताबाट जानकारी आएपछि तुरुन्तै प्रहरी परिचालन गरेर खोजी सुरु गरिएको बताउनुभयो ।
उनको पहिचान खुलेको छैन भने अहिलेसम्म अवस्था पनि अज्ञात छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.