-->
गुण्डा पाल्ने दल र नेतालाई युरोपबाट महजोडीको कडा प्रहार

ईश्वर तिमीले जगत बनायौ चन्द्र बनायौ सुर्य बनायौ,
यति सुन्दर पृथ्बी बनायौ,पृथ्बी मै राम्रो नेपाल बनायौ।
यही नेपालमा हिमाल खनायौ,पहाड खनायौ तराई खनायौ
एउटा राम्रो नेता दिनालाई तिमीले किन टाउको कनायौ।।
भजनबाट शुरु भएको महजात्रा पूर्ण रुपमा राष्ट्र भाबमा नै केन्द्रित थियो। शब्द शब्दहरुलाई मन देखि नै उच्चारण गर्दै महजोडी मदनकृष्ण श्रेष्ठ र हरीबंश आचार्यले भजन गीत सुनाईरहँदा, उपस्थित सबै भाबुक देखिए।
नेपालीहरुले हिमाल,पहाड तराई मिलेको सुन्दर देश पायौ,तर एउटा गतिलो नेता पाउँन सकेनौ भन्दै गीतबाट महजोडीले सन्देश दिईरहँदा सबै जना भाबुक बनेका हुन्। छिमेकीले लगाएको नाकाबन्धीका कारण नेपाली जनताले पाएको दुखलाई पनि महजोडीले पनि गीतबाट नै सम्झे।
धन्यबाद छ छिमेकी धन्यबाद छ है
छ्याङ्गै ऎना देखाईदियौ नाकाबन्धीलाई
धन्यबाद छ नेपाल हेर्ने तिम्रो आँखालाई,
तिम्ले भन्दा माया गर्छौ हाम्ले मधेशलाई
देशमा गएको बिनाशकारी भूकम्प पछि नेपालमा जारी भएको संबिधान प्रति असन्तुष्टि जनाउँदै भारतले लगाएको नाकाबन्दी प्रति पनि महजोडीले कडा ब्यङ्ग गरे।
नेताहरुलाई छिमेकीले नाकाबन्धी लगाएर आँखा खुलाईदिएको भन्दै यसबाट पाठ सिक्नु पर्नेमा उनिहरुले जोड थियो। तर यति भन्दै गर्दा मधेशको माया,छिमेकी राष्ट्र भारतलाई हैन हामी नेपालीलाई नै छ भन्न पनि छुटाएनन्।
पहिले नेपाली बनौ
नेवारबहादुर बनेका हरिबंश र बाहुनबहादुर बनेका मदनकृष्णले बाहुन,नेवार,गुरुङ मगर जो भए पनि पहिले आँफूलाई नेपाली सम्झनुपर्ने सन्देश छाडेका छन्।
बाहुनले आफ्नो बाहुनबाद लाद्न खोज्दा, नेवारको चुरिफिरी पनि यत्तिकै रोकिएन, आखिर जातियताले युद्द निम्ताउँने खतरा रहेको भन्दै,प्रहसनले पहिले नेपाली बन्नलाई प्रेरित गरेको पाईन्छ।
जातीय आधारमा प्रदेश बाँड्ने दलहरुको आश्वासनलाई महजात्राले गतिलो झापड हानेको छ। जातभातकै कुराले बिश्वका धेरै देशहरु टुक्रिएको बयान गर्दै प्रहसनले नेपाललाई जोगाएर राख्न सन्देश दिएको छ।
गुण्डा पाल्ने दल र नेतालाई पनि प्रहार
प्रहसनवाट नै महजोडीले देशमा अझै पनि खुलेआम गुण्डा र दादागिरीको राज चलीरहेको झल्काएका छन्। राजनीतिक दल तथा तिनका नेताहरुले यसलाई रोख्नुको सट्टा उल्टै संरक्षण गरेको प्रति प्रहसनले कडा प्रहार गरेको छ।
मुलुकमा वाक्क दिक्क भएर,विदेशको सपना देख्ने युवकहरु ठगिने गरेको यथार्थलाई पनि महजात्रामा छुट्टाईएको छैन। देश बनाउँने युबाहरु,विदेशबाट आफ्नो सिप र अनुभव लिएर स्बदेश फर्कन पनि महले प्रेरित गरेको छ।
सरल व्यक्तित्व जीवन्त अभिनय
राष्ट्रिय गहनाका रुपमा हेरिएका महजोडीको सरल स्वभाब र जीवन्त अभिनयको कारण युरोपका नेपालीहरुको मनदेखि नै सम्मान ब्यक्त गरेका छन्।
सन्देशमुलुक स्क्रिष्टमा राष्ट्रभाब बोल्दै प्रस्तुत गर्ने प्रहसन नै महको बिशेषता रह्यो। प्रबास सम्म आईपुग्दा पनि भेषभुसालाई समेत ख्याल गर्दै स्टेजमा प्रहसन गर्दा, धेरैलाई घरमा बसेर टेलिभिजनबाट नै धाराप्रवाह रुपमा मह कार्यक्रम हेरेकै अनुभव रह्यो।
हरिबंश आचार्यको हाउभाउ र पृथक अभियनका कारण धेरैले तालि पिटे। स्टेजमा आएर अनुहार रै बिगारे पनि आचार्यलाई तालीको कमी रहेन। प्रहसनमा कलाकार नरेन्द्र कंसकार र मोहित आचार्यले पनि साथ दिएका थिए। गायिका माण्डबी त्रिपाठी र यमन श्रेष्ठले भने गीत संगीत प्रस्तुत गरे।
स्थानीय कलाकारहरु पनि महसँगै
नेपाली जनसम्पर्क समिति स्पेनले नयाँ बर्षको अबसरमा आयोजना गरेको कार्यक्रममा स्थानीय कलाकारहरुले पनि महसँगै स्टेज बाँडे।बिभिन्न भेषभूसामा सजिएका बालबालिकाहरुले रातो र चन्द्र सुर्य बोलको प्रस्तुत गर्दा दर्शकको मन जितेका थिए। कार्यक्रममा कलाकारहरु बिभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
नेपाली जनसम्पर्क समिति युरोपका उपाध्यक्ष पुष्पराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व अध्यक्ष शालिकराम डुम्रेले गरेका थिए। औपचारिक कार्यक्रम महामन्त्री राजु थापा तथा सांगीतिक कार्यक्रमलाई संयोजक सुबाश बहादुर बिष्टले संचालन गरे।
युरोपभर १५ बढी कार्यक्रमहरु
गैर आवासीय नेपाली संघको आयोजनामा वुमन वेलफेर च्यारिटीको सहयोगार्थ युरोप यात्रामा रहेका महजोडीका बिभिन्न मुलुकहरुमा गरी पन्ध्र भन्दा बढी कार्यक्रमहरु तय भईसकेका छन्। जोडीले नर्बे,फिनल्याण्ड,डेनमार्क,पोल्याण्ड, स्विडेन र स्पेनको बार्सिलोनामा कार्यक्रम सकेका छन्।
जर्मनी,फ्रान्स,स्बिजरल्याण्ड,
बेल्जियम,पोर्चुगल लगायतका मुलुकहरुमा पनि कार्यक्रमहरु तय भईसकेका छन्। एउटै मुलुकमा सबै भन्दा बढी जर्मनीमा महका ३ बटा कार्यक्रम तथा स्पेनमा दुई कार्यक्रम तय भएका छन् । आगामी कार्यक्रम अप्रिल २० तारिख नेपाल स्पेन समाजले कोस्टाब्लाङ्कामा गर्दैछ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.