इन्डियन प्रिमियर लिग (आर्इपिएल) क्रिकेटमा सनराइजर्स हैदरावाद मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। जितसँगै हैदरावादले आईपीएल क्रिकेटमा खाता खोलेको छ।
गएराति भएको खेलमा मुम्बई इन्डियन्सले दिएको एक सय ४३ रनको लक्ष्य हैदरावादले १७ दशमलव ३ ओभरमा तीन विकेटको क्षतिमा भेट्टाएको थियो। हैदरावादको जितमा डेविड वार्नर नटआउट ९० रन जोडे। वार्नरले ५९ बलमा चार छक्का र सात चौकाको प्रहार गरेका थिए।
यस्तै मोएसिस हेनरिकले २०, दिपक होडाले नटआउट १७ रन बनाउँदा मोर्गान ११ रनको योगदान दिए। मुम्बईका टिम साउथी एक्लैले तीन विकेट लिए।
यसअघि पहिले मुम्बई इन्डियन्सले पुरै ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो। मुम्बईका लागि रायडुले सर्वाधिक ५४ रन जोडे भने कुर्नल पाण्डेयले नटआउट ४९ रन बनाए।
यस्तै जोस बटलरले ११ तथा पार्भिव पट्टेलले १० रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमै आउट भए।
हैदरावादका बारिन्दर सरानले तीन विकेट लिए भने भुबनेश्वर कुमार र मुस्ताफिजुर रहमानले समान १–१ विकेट लिएका थिए।


0 comments
प्रतिक्रिया दिनुहोस्...