सिन्धुलीको भूवनेश्वरी गाविसको विभिन्न ठाँउमा हिजो बिहानदेखि सुरु भएको भीषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छनै । आगलागीबाट अहिलेसम्म ६० घर र एक विद्यालय जले पनि मानवीय क्षति भने भएको छैन ।
हिजो बिहान ११ बजेदेखि भूवनेश्वरी–९ थाङ्ग्रेको दलित बस्तीबाट सुरु भएको आगलागी फैलिएर वडा नम्बर १, २, ३, ७ हुँदै अहिले ६ नम्बर वडाको जंगलमा पुगेको छ । सदरमुकामबाट गएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले राति अबेरसम्म आगो निभाउने प्रयास गरेपनि हावा चलेकाले नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अहिलेसम्म आगालागीबाट कति क्षति भयो भन्ने विवरण आएको छैन । क्षतिको मूल्यांकन गर्न सदरमुकामबाट आज टोली जानेछ । हजारौं हेक्टरमा आगालागी भएको बताइएको छ । आज बिहानसम्ममा २६ जना आगालागी पीडितलाई त्रिपाल र खाद्यान्न लगायतका राहत सामग्री वितरण गरिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...