दक्षिण अफ्रिका: दक्षिण अफ्रिकाका एक क्रिकेटरको पूर्वी केपटाउनको एकाडेमी टीमसँग तालिमका क्रममा ज्यान गएको छ ।
तालिमका क्रममा बेहोस भएर ढलेका उनको त्यहीँ मृत्यु भएको हो । उनको मृत्यु हृदयघातबाट भएको अनुमान गरिएको छ ।
२२ वर्षीय लुखान्या ट्स्की सोमवार फोर्ट हारे एकाडेमीमा फिटनेस परीक्षणमा भाग लिइरहेका थिए । फिटनेस परीक्षणका क्रममा उनी बेहोस भएर ढलेपछि त्यहीँ ज्यान गएको हो ।
यस एकाडेमीको सञ्चालन दक्षिण अफ्रीकाका पूर्व तीब्रगतिका बल मफुनेको नगामले चलाएका छन् ।
नगामले 'ईएसपीएन क्रिकइन्फो' सँग भने, 'उनी ठीक थिए ।उनलाई कुनै समस्या थिएन ।'
प्रशिक्षणका क्रममा उनले १७ पटक दौडेका थिए । त्यसपछि उनले आफ्नो टी-शर्ट उतारेर साथीसँग बसेका थिए ।
त्यसपछि उनलाई अचानक श्वासप्रश्वासमा समस्या भएपछि बेहोस भए । उनलाई तत्कालै अस्पताल लगिएपनि उनको मृत्यु भइसकेको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...