एजेन्सीः चर्चित क्रिकेटर क्रिस गेल पिता बनेका छन् । भारतमा जारी आइपीएल क्रिकेट छोडेर दुई दिन अघि गेल जमैका पुगेका थिए ।
बिहिबार बिहान उनकी प्रेमिका नताशाले छोरीलाई जन्म दिएको गेलले इस्टाग्रामबाट सार्वजनिक गरेका छन् ।
वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान गेलले उनकी छोरीको नाम ‘ब्लस’ राखेका छन् ।
उनले इन्स्टाग्राममा लेखेका छन्, ‘हामीले सुन्दर छोरी ‘ब्लश’लाई स्वागत गरेका छौँ । जो दुई घण्टा पहिला यो दुनियाँमा आएकी छिन् । धन्यवाद भगवान ।’
उनले तनाशालाई बधाई समेत दिएका छन् ।
गेल आइपिएलको मुम्बई इंडियन्स विरुद्धको खेल खेल्न पाएनन् । गेल फेरी केही दिनमै आइपिएल खेल्न आउदै छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...