-->
भारतबाट आयो नेपाली नागरिकताबारे भयानक खबर !

काठमाडौं, १७ वैशाख । नेपाली पुरुषसँग विहे गर्ने साढे तीन हजार भन्दा बढी महिलाले नेपालको नैसर्गिक नागरिकता पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालमा पछिल्लो वर्ष नयाँ संविधान घोषणा भएपछि यस्तो अधिकार भारतीय महिलाले पाएको समाचारमा उल्लेख छ । नेपालको गृहमन्त्रालयले मंगलबार यो घोषणा गरेको पनि उल्लेख छ ।
भारतीय पत्रिका ‘ न्यू इण्डियन एक्सप्रेस ‘ का अनुसार नेपाली पुरुषसँग विवाह गरेका ३ हजार ६ सय ७२ महिलाले हिमालयी देश (नेपाल)को नागरिकता पाउनेछन् ।
समाचारमा नेपाली नागरिकसँग विहे गर्ने महिलाहरुले नागरिकता पाउनुपर्ने मुद्दा तराई-मधेस आन्दोलनका क्रममा ठूलो मुद्दा रहेको र भारतकी विदेशमन्त्री सुष्मा स्वराजले ७ सेप्टेम्बरका दिन संसदमा भारतीय महिलाहरु जसले नेपाली नागरिकसँग विहे गरेका छन् उनीहरुले नेपालको नैसर्गिक नागरिकता पाउनुपर्ने बताएको उल्लेख छ ।
यो समाचारमा केपी ओली नेतृत्वको सरकारले तीन जना भारतीय नागरिकको नागरिकता खारेज गरेकैदिन साढे तीन हजार बढी भारतीय महिलालाई नेपालको नागरिकता दिने निर्णय गरेको उल्लेख छ । तर, नेपाल सरकारले भने अहिलेसम्म यो सूचना सार्वजनिक गरेको छैन् ।
हेर्नुस् भारतीय मिडियाको समाचारः


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.