-->
पुर्वराष्ट्रपति रामवरण यादवलाई बाबुरामको जवाफ : सीमा ननाघ्नुस !!!

काठमाडौं, २९ चैत । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले पूर्व राष्ट्रपति रामवरण यादवको वयानमा आपत्ति जनाएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत रामबरणलाई जवाफ फर्काउँदै उनले देश र लोकतन्त्रकै लागि आफूले पदमा रहँदा कदम चालेको भन्दै आचारसंहितामा बस्न सुझाव दिए ।
पूर्वराष्ट्रपति यादवले आइतबार पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङको ‘जनताको छोरो’ पुस्तक विमोचन गर्दै संविधानसभा भंग नगर्नु भन्ने आफ्नो सुझावलाई पूर्व प्रधानमन्त्री भट्टराईले नमानेको उल्लेख गरेका थिए ।
रामवरणको उक्त वयानपछि बाबुरामले जवाफ फर्काएका हुन् ।
यस्तो छ बाबुरामको जवाफः
एक सार्वजनिक कार्यक्रममा पूर्व राष्ट्रपति श्री रामवरण यादवले ‘बाबुराम भट्टराईजीलाई संविधानसभा भंग नगर्नु भनेको थिएँ, भंग गरिदिए’ भनी भन्नुभएको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
सर्वप्रथम राज्यको जिम्मेवार र संवेदनशील निकायमा रहेका वा रहिसकेका व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिंदा पालना गर्नुपर्ने निश्चित मापदण्ड वा आचारसंहितावारे ध्यानदिनु उपयुक्त होला ।
दोश्रो र सबभन्दा महत्वपूर्ण कुरा, संविधानसभा विघटन गर्ने कुनै प्रावधान नै अन्तरिम संविधानमा नभएकाले प्रमको हैसियतले मैले त्यस्तो असंवैधानिक कुरा गर्ने प्रश्नै उठ्दैन। बरू मैले २०६९ जेठ ९ गते मन्त्रिपरिषद् वैठकबाट संसको कार्यकाल ३ महिना थप्ने प्रस्ताव संसमा दर्ता गराउँदा त्यसविरूद्ध जेठ ११ गते अन्तरिम आदेश दिंदै सर्वोच्च अदालतले संसको कार्यकाल २०६९ जेठ१५ गतेसम्म सीमित गरिदिएको हो! त्यही आदेश वमोजिम जेठ १५ गते मध्यरातमा संसको स्वत: अवसान भएको हो। मैले तसंवैधानिक संकट आउन नदिन र लोकतन्त्रलाई जीवित राख्न संसको अर्को निर्वाचनको विधिवत् घोषणा मात्र गरोको हुँ!
यो ऐतिहासिक तथ्यप्रति सबैको ध्यान पुगोस् !


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.