-->
गोरखामा तातो झिरले छेडेर उपचार ! दुख्न कम भयो घाउ भने निको भएन

गोरखाको हिमालपारि चीनसँग जोडिएको बिही गाविसमा भने अहिलेसम्म बिरामी पर्दा झिरले पोलेर उपचार गर्ने कहालीलाग्दो अन्धविश्वास छ ।
स्थानीय तेन्जिङ लामाका अनुसार एक महिनाअघि बिही २ का टासी नुर्बु घरको तला उक्लिँदा भर्याङबाट लडे । उनको देब्रेपटिका एकजोर करङ भाँचिए । आजको अन्नपूर्णमा समाचार छ ।
गाउँको स्वास्थ्यचौकीमा स्वास्थकर्मी थिएनन् । प्राथमिक उपचार पनि नपाएका उनको उपचारको जिम्मा गाउँको धामीले पाए ।
धामीले फलामे झिर तताए । अनि दुखेको ठाउँ पत्ता लगाउन छेडे । दुई इन्च गहिरो पोलेर कलिलो मासुसम्म छेड्यो । घाउ ठूलै भयो ।
पीडितले करङ भाचिँएको भन्दा प्वाल पारेको पीडाबढी भएको बताए । दुई सातापछि पहिलेभन्दा दुख्नचाहिँ आफै कम भयो । उनको पोलेको घाइ भने अझै निको भएको छैन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.