-->
बलिउड स्टार शाहरुखले नेपालीलाई दिए धन्यबाद !

फिल्मीबजार,४ बैशाख २०७३,काठमाण्डौ ।
बलिउड सुपर स्टार अभिनेता शाहरुख खानले नेपाली फ्यान र दर्शकलाई सामाजिक संजाल ट्विटर मार्फत् शुक्रबार धन्यबाद दिएका छन् । शाहरुख अभिनित फिल्म ‘फ्यान’ हिजै देखी विश्वभर प्रदर्शनमा आएको छ । उनले ट्विटरमा ‘थ्याङक यु नेपाल’ लेखेका छन् ।
प्रदर्शनमा आएको दिन फिल्मले राम्रो ब्यापार गरेको छ । तर,ईनिसियल राम्रो गरे पनि फिल्म बाट उनका फ्यानले खासै सकरात्मक प्रतिकृया दिएका छैनन् । यस्तै शुक्रबार नै नेपाल सहित भारत लगायतका देशमा फिल्मको समिक्षा समेत आईसकेको छ । यद्दपी समिक्षा संतोषजनक आउन सकेन ।
फिल्म रिलिज लगत्तै देखी शाहरुखले धेरै देशका फ्यान र दर्शकलाई धन्यबाद दिएका छन् । उनले फ्यान र दर्शकलाई धन्यबाद दिदै गर्दा फिल्मको ब्यापार समेत बढ्ने आकलन गर्न सकिन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.