१८ औं सार्क सम्मेलनका दौरान काठमाडौंका मुख्य सडकमा जडान गरिएका सौर्यबत्ती बल्न छाडेका छन् ।
डेढ वर्ष नहुँदै बत्ती बल्न छाडेका बेला राजधानी काठमाडौंमा सडकमा थप साढे सात हजार बत्ती बाल्ने तयारी भइरहेको छ । तर, यसलाई सर्वसाधारणले संशयको दृष्टिले हेरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
१८ औं सार्क बेला विद्युत् प्राधिकरणले घन्टाघर, रत्नपार्क, भृकुटीमण्डप सडकखण्ड हुँदै भद्रकाली, सिंहदरबार हुँदै माइतीघर मण्डला सडकखण्ड लगायतका स्थानमा सौर्यबत्ती जडान गरेको थियो ।
धुलो र मर्मतको अभावका अहिले सडकमा राखेका सौर्यबत्ती बल्न छाडेका हुन् । काठमाडौं महानगरपालिकाका अनुसार अहिले पाँच सयभन्दा धेरै सौर्यबत्ती बल्न छाडेका छन् ।
जडानपछि अहिलेसम्म मर्मत हुन सकेको छैन सडकबत्तीको । मर्मत कसले गर्ने भन्नेमा प्रापिधकरण र महानगर स्पस्ट हुन नसक्दा करोडौं रुपैयाँ खर्च गरेर जडान गरिएको सौर्यबत्ती डेढ वर्षमै बल्न छाडेको


0 comments
प्रतिक्रिया दिनुहोस्...