-->
आइपिएल : विराट कोहलीको टिम ६ विकेटले हार्यो

वैशाख ९ – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विराट कोहलीको टिम रोहित शर्माको टिमसँग पराजित भएको छ । आइपिएल अन्तर्गत बुधबार राति भएको खेलमा कोहलीको कप्तानीमा खेलेको रोयल च्यालेन्जर्स बैंग्लोर शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको हो । बैंग्लोरले प्रस्तुत गरेको एक सय ७१ रनको लक्ष्य मुम्बईले १८ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । मुम्बईका कप्तान रोहित शर्माले ६२, किरोन पोलार्डले नटआउट ४०, अम्बाती रायडुले ३१ तथा जोस बट्लरले २८ रन बनाए । बैंग्लोरका इकबाल अब्दुल्लाले तीन विकेट लिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरको बैंग्लोरले सात विकेटको क्षतिमा एक सय ७० रन बनायो । बैंग्लोरका ट्रेविस हेडले ३७, कप्तान विराट कोहलीले ३३, एबी डी भिल्लियर्सले २९, सरफराज खानले २८ तथा लोकेश राहुलले २३ रन बनाए । मुम्बईका जसप्रित बुमराहले तीन तथा क्रनेल पाण्डेयले दुई विकेट लिए । मुम्बईको अहिलेसम्म खेलको पाँच खेलमा दुईमा जित तथा तीनमा हारसहित चार अंक छ । यस्तै अहिलेसम्म खेलको तीन खेलमा दुईमा हार र एकमा विजयी भएको बैंग्लोरको दुई अंक मात्रै छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.