-->
नारायणगढ–मुग्लिन सडक अवरुद्ध -

चितवन– वर्षासँगै खसेको पहिराका कारण आज साँझदेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
साँझ ६ बजे हावाहुरीसहित वर्षा भएपछि स्थानीय कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले बताए । सडक फराकिलो पार्ने काम चलिरहेका बेला खनेको क्षेत्रभन्दा माथिबाट ठूलो पहिरो खसेको जनाइएको छ ।
सडक अवरुद्ध भएपछि सयौँ सवारी साधन सो क्षेत्रमा अलपत्र परेका छन् । वर्षा जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरी प्रमुख कुँवरले जानकारी दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.