-->
जग्गा दान दिँदा उल्टै जरिवाना

नुवाकोट – सामाजिक क्षेत्रमा सहयोग गर्दा पुरस्कृत हुनुको बदला जरिवाना पर्ला भन्ने सायद कसैले सोच्दैन । स्थानीय महेन्द्र उमाविलाई जग्गा दान गर्दा थान्सिङ २ का महेशदेव पाठक जरिवानामा परेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयन भएकै दिन भौतिक संरचना खानेपानी र शौचालयको दयनीय अवस्था देखेर पाठकले पैैतृक सम्पत्तिबाट एक रोपनी जग्गा दान गरेका थिए । दान गरिएको जग्गा संस्थाका नाममा राख्दा बेचबिखनमा समस्या आउने भएपछि सहमतिमा प्रधानान्यापक मदन श्रेष्ठ , श्रोत व्यक्ति महेश्वर पाण्डे र शिक्षक हरिशरण लामिछानेका रजिष्ट्रेसन पास गरियो । विद्यालयलाई दिइएको जग्गा व्यक्तिका नाममा पास गर्दा कानुनी हिसाबले बिक्री गरेको देखिएपछि उनी समस्यामा परेका हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.