डोल्पा, जिल्लामा खडेरीका कारण अन्नबाली सुक्न थालेको छ । समयमै पानी नपरेका कारण कृषकले अन्नबाली नै लगाउन पाएका छैनन् भने कतिपय गाउँमा लगाइएको गहुँ, जौ पनि उम्रिएन नपाई सुक्न थालेको छ । खडेरीले अन्नबाली सखाप भएपछि कृषकले पशुचौपाया छाडा छोड्न थालेका छन् । जिल्लाका सबैजसो गाविसमा सिँचाइको सुविधा नभएकाले अन्नबाली लगाउँदा आकाशेपानीको भर पर्नुपर्दछ ।
खडेरीले जौ, उवा लगायत अन्नबाली सुक्न लागेपछि कृषक सङ्कटमा परेको त्रिपुराकोटका कृषक लवचन्द्र रोकाय बताउनुहुन्छ । यस बर्ष खडेरीले जिल्लामा खाद्यान्नको चरम सङ्कट हुने देखिएको छ ।
यस वर्ष खाद्यान्न उत्पादन पचास प्रतिशतभन्दा कम हुने अनुमान गरिएको छ । जिल्लामा खेतीयोग्य जमिन करिब दुई प्रतिशत मात्र रहेको छ । रासस


0 comments
प्रतिक्रिया दिनुहोस्...