-->
सुध्रिएनन माअाेवादी : धरानमा उद्याेगकाे जग्गा कब्जा गर्दै टहरा निर्माण

गोविन्द बस्नेत / धरान – जनयुद्ध कालमा अरुको जग्गा कब्जा गदै आएको माआवादीको शैली अझपनि परिवर्तन हुन सकेको छैन । सरकारी होस या निजि खाली जग्गा कब्जा गर्नमा माअाेवादीहरू माहिर छन । पछिल्लो समयमा सुनसरीको धरानमा रहेको एक उद्योग सगै सामुदायिक बनको जग्गा समेत माओवादी कार्यकर्ताहरुले कब्जा गरेका छन् ।
एकतावद्ध जनयुद्ध गरि पछिल्लो समयमा अलग भएका एमाओवादी र नेकपा–माओवादीका नेताहरुले वनको जग्गा अतिक्रमणसगै उद्योगको जग्गा कब्जा गरेर घर–टहरा बनाएका छन् । धरान १५, महादेवचोकस्थित हिमाली डिष्टिलरी उद्योग प्रालिको जग्गा र वाझगरा सामदायिक बनको अतिक्रमण गरि एमाओवादीका नेता मुक्साहाङ मेन्याङ्बो र नेकपा–माओवादीका नेता शिशिर राई लगायतले घरटहरा बनाएका छन् ।
उनिहरुले बनको जग्गामा टहरा बनाएपछि सामुदायिक बनले जग्गा खाली गर्न सुचना टासेसगै खालि गर्नुको साटौ राता राता अन्य कार्यकर्ताहरुलाई समेत लगेर टहर निमार्ण गरि रहदा सम्वन्धित निकाय भने मौन वसेको छ । २०६४ सालमा उद्योगामा भएको संरचना र जग्ग्गा कब्जा गरि वाइसिएलको कार्यालयसगै नेताहरु वस्दै आएका भएपनि पछिल्लो समयमा उद्योगले आफ्ना जग्गा खाली गर्न सुचना जारी गरेसगै उनिहरुले बनको जग्ग्जा अतिक्रमण गरेका वन उपभोक्ता समितिले जनाएको छ ।
आफ्नै पार्टीका नेता वनमन्त्री
आफ्नै पार्टीका नेता वनमन्त्री भएको आडमा एमाओवादी नेताहरुले गैरकानुनीरुपमा जग्गा अतिक्रमण गरेको वन समुहको आरोप छ । बाँझगरा वन उपभोक्ता समुहले सो जग्गा आफ्नो भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला वन कार्यालय, वन उपभोक्ता
महासंघलगायतमा निवेदन दिएर भत्काउने तयारी गरेको सामुदायिक वन उपभोक्ता समुहका सहसचिव कुमार भारतीले जनाकारी दिनुभयो ।
उहाका अनुसार एमाओवादी नेताहरुले वन क्षेत्रको करिब साढे ५ कट्ठा जग्गा अतिक्रमण गरेका छन् । धरानमा लाहुरे रम उत्पादन गर्ने यो उद्योग ०४७ सालमा स्थापना भएको थियो । राजश्व छलीको मुद्दा परेपछि उद्योग लामो समयदेखि बन्द अवस्थामा छ । उद्योगले समेत वनको जग्गा अतिक्रमण गरेको र राजश्वमा मुद्धा रहेको कारण फिर्ता गराउन ममस्या भएपनि पछिल्लो समयमा उद्योगले सफाया भएपछि जग्गा फिर्ता गराउने पहल भइरहदा माओवादी नेताहरुबाटै अतिक्रमण गरेको उपभोक्ता समुहको भनाई छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.