-->
टेस्ट ट्युब बेबी सेवा ठप्प

काठमाडौं – भूकम्पका कारण बन्द भएको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) को टेस्ट ट्युब बेबी साइ ‘आइभीएफ’ वर्ष दिनसम्म पनि सञ्चालनमा आउन नसक्दा सेवाग्राही प्रभावित बनेका छन् । सरकारी स्तरमा पहिलोपटक सुरु गरिएको अस्पतालको आइभिएफ सेवा भवन अभावले सञ्चालन गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएका सयौं महिला चिन्तित छन् ।
भूकम्पबाट दुई सय ६३ शैया क्षमतको विशाल भवनमा क्षति पुग्दा अन्य सेवासँगै उक्त सेवा पनि बन्द भएको थियो । अन्य स्वास्थ्य सेवालाई निरन्तरता दिइए पनि बाँझोना भोगिरहेका दम्पतीका लागि महत्त्वपूर्ण मानिएको आइभीएफ सेवा सञ्चालनमा प्रशासनले चासो नदिएको अस्पतालका कर्मचारी बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.