-->
“मलाई भोक नै लाग्दैन, पेट डम्म भैरहन्छ, अलिकति खानेबित्तिकै वाक्क लाग्छ” किन होला?

कुशल श्रेष्ठ
कहिलेकाहिँ, आक्कलझुक्कल खान मन नलाग्नुले खासै त्यस्तो समस्याको सङ्केत गरेको हुँदैन। तर, यहि अवस्था समस्यामा परिवर्तन त्यतिबेला हुन्छ, जुन बेला तपाईँलाई धेरै दिनसम्म पनि यस्तै महशुस भैरहन्छ। मतलब, विहान जबरजस्ती १/२ गाँस खायो, दिनभरी भोक लाग्दैन र राति पनि खाने इच्छा लाग्दैन।
यस्तो समस्या आउनुको पछाडि थुप्रै कारणहरू लुकेको हुन्छ। अधिकांश समयमा पेट र कलेजोमा समस्या भएको छ भने भोक नलाग्ने, खानामा रुचि घट्ने हुन्छ। तर कहिलेकाहिँ यसले पित्तथैलीमा पत्थरीको पनि सङ्केत गरिरहेको हुन सक्छ। त्यसैले धेरै दिनसम्म पनि यस्तो समस्या कायम भैरह्यो भने तुरुन्तै चिकित्सककहाँ जान अल्छि नमान्नुहोला।
भोक नलाग्ने, पेट सम्म भैरहने अनि अलिकति खानेबित्तीकै खान मन नलाग्नुको पछाडि निम्न कारण लुकेको हुन सक्छ:-
१. बानी
जब हामीलाई भोकलाग्छ र भोक लागेको बेला खान पाउँदैनौँ वा खान अल्छि मान्छौँ भने अब हामीलाई एसिडिटीले सताउन थाल्छ- मतलब छातीको बीच भागमा पोल्ने, पेट गड्याङगुडुङ गर्ने, मुखबाट अमिलो पानी आउने हुन्छ। त्यसपछि अचम्मको कुरा के छ भन्दा एसिडिटीलाई पनि लामो समयसम्म सहेर बसिरह्यो भने अब त्यसले भोक नलाग्ने समस्या उत्पन्न गराउँदछ। यो एउटा घातक चक्र हो, जसलाई तोड्न असाध्यै मुश्किल गर्दछ। अर्को अर्थमा यसलाई ‘बानी’ पनि भन्न सकिन्छ।
यो चक्रलाई तोड्ने एउटै उपाय हो- खाने! खानुस्, मन नलागेपछि, जबरजस्ती खानुहोस्। खानाको गन्ध नै सुँघ्न मन छैन भने, सुरुमा आफूलाई सबैभन्दा मनपर्ने खानेकुराबाट सुरु गर्नुहोस्। पिज्जा मन पर्छ कि, मोःमोः मन पर्छ कि, या भनौँ न सेकुवा मन पर्छ, जे मन पर्छ त्यहि खानुहोस्। यतिबेला स्वस्थ खानाको मतलब नगर्नुहोस्, जस्तो भएपनि खानुहोस्। नखाने बानीलाई खाने बानीले तोड्नुहोस्, किनकी खान मन नलाग्नु एकदमै घातक हुन्छ।
२. पेप्टिक अल्सर
खाना नखाँदै भोक मेट्टिने, पेट डम्म हुने समस्याको अर्को कारण भनेको ‘पेप्टिक अल्सर’ पनि हुन सक्छ। पाचनप्रणालीसम्बन्धी अल्सरलाई ‘पेप्टिक अल्सर’ भनिन्छ। यस्तो हुँदा व्यक्तिलाई बस्न पनि अप्ठ्यारो हुन्छ र उठ्न पनि! त्यसैगरी पेट घोँचेको जस्तो हुने, पेट फुलेर डम्म हुने, ढ्याउ आउने र पेट ढुस्स हुने अनि ढ्याउ गर्दा अमिलो पानी आउने जस्ता लक्षणहरू देखा पर्दछन्।
हाम्रो पेटमा भएको ग्यास्ट्रिक जुस (एसिड) ले कुनै कारणबाट पेटको भित्तामा भएका रक्षक कोषहरूलाई असर पुर्यायो भने ‘पेप्टिक अल्सर’ हुन जान्छ। ब्रुफिन, एस्पिरिन, सिटामोल तथा फ्लेक्सनजस्ता पेनकिलर धेरै दिनसम्म निरन्तर सेवन गर्दा पनि पेप्टिक अल्सर हुन सक्ने सम्भावना बढ्दछ।
पेप्टिक अल्सरबाट ग्रसित हुनेहरूले धुम्रपान तथा मद्यपान गर्नु एकदमै खतरनाक हुन्छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.